सिआईबीले तान्यो प्रभु बैंकका निवर्तमान कावा सिईओसहित डेढ दर्जन कर्मचारी

441
shares

काठमाडौं । प्रभु बैंक लिमिटेडबाट जानकी मेडिकल कलेजमा प्रवाह भएको अर्बौँ रुपैयाँ कर्जा अपचलन प्रकरणमा अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले बैंकका सञ्चालक, पूर्व उच्च अधिकारीहरू र निवर्तमान कार्यवाहक सीइओसहितका झन्डै २ दर्जन कर्मचारीलाई बयानका लागि बोलाएको छ। सिआईबीले बैंकका निवर्तमान कार्यवाहक प्रमुख कार्यकारी अधिकृत (सीईओ) निरज लम्सालसहित बैंकका सञ्चालक तथा कर्मचारीहरूलाई बयानका लागि तुरुन्तै उपस्थित हुन निर्देशन दिइएको हो।

 

सिआईबीले अम्बिका शर्मा शर्मा लामिछाने, विकास शाक्य, दक्ष पौडेल, कुसुम लामा, पुष्पबहादुर प्रधान, रमेश सिंह खड्का, शंकर प्रसाद कालिकोटा,अन्जु अधिकारीसहितका पूर्व तथा बहालवाला संचालकलाई बयानका लागि बोलाएको स्रोतले जनाएको छ।

 

त्यस्तै, सीआईबीले यस प्रकरणमा बैंकका पूर्व सिनियर कर्मचारी र बहालवाला उच्च कर्मचारीलाई समेत बयानमा उपस्थित हुन भनेको छ। सिआईबीले बयानका लागि बोलाएका बैंकका कर्मचारीहरुमा निवर्तमान कावा सीइओ तथा एजीएम निरज लम्साल, भेषराज खतिवडा, पूर्ण गुरुङ, प्रतीक भट्टचन, दिनेश डंगोल, प्रकाश बराल, सुरेश कंडेल, भावना खनाल र राजकुमार न्यौपानेसहित रहेका छन्।

 

सिआईबीले प्रभु बैंकबाट जानकी मेडिकल कलेजमा प्रवाह भएको कर्जामा अनियमितता, प्रक्रिया मिचिएको आशंका र कर्जा दुरुपयोगबारे अनुसन्धान गरिरहेको छ।

civil hospital
Hams Hospitals