अरबौंको कारोबार गर्ने सिद्धार्थ बैंकको बेहाल एटिएम : रविभवन शाखामा सुरक्षा र व्यवस्थापन दुवै धरापमा !

234
shares

काठमाडौं । देशकै ठूला वाणिज्य बैंकमध्ये एक मानिएको सिद्धार्थ बैंकको रविभवनस्थित लिङ्कन स्कुल नजिक रहेको एटिएमको अवस्था देख्दा सर्वसाधारण मात्रै होइन, नियामक निकायमाथि समेत गम्भीर प्रश्न उठेको छ ।

अरबौं रुपैयाँ कारोबार गर्ने बैंकले एउटा सामान्य एटिएमको ढोका समेत व्यवस्थित राख्न नसक्नु बैंकको गैरजिम्मेवारीपनको ज्वलन्त उदाहरण बनेको छ ।

दैनिक सयौं सेवाग्राही प्रयोग गर्ने उक्त एटिएमको ढोका बिग्रिएको, अस्तव्यस्त र असुरक्षित अवस्थामा रहेको देखिन्छ । यस्तो संवेदनशील स्थानमा आधारभूत सुरक्षा र व्यवस्थापनसमेत कायम गर्न नसक्ने बैंकले जनताको निक्षेप र वित्तीय सुरक्षा कसरी सुनिश्चित गर्छ ? भन्ने प्रश्न अहिले सर्वत्र उठ्न थालेको छ ।

वित्तीय क्षेत्रमा विश्वास नै सबैभन्दा ठूलो पूँजी मानिन्छ । तर, सिद्धार्थ बैंकजस्तो संस्थाले आफ्नै सेवा केन्द्रको न्यूनतम मर्मत र सुरक्षा व्यवस्थामा लापरवाही देखाउनु अत्यन्त लज्जास्पद विषय हो । सेवाग्राहीको सुविधा र सुरक्षाप्रति उदासीन बनेको बैंक व्यवस्थापनमाथि कडा कारबाहीको मागसमेत हुन थालेको छ ।

अर्कोतर्फ, यस्तो कमजोरी देख्दा पनि नेपाल राष्ट्र बैंकको अनुगमन र नियमन प्रणालीमाथि प्रश्न उठेको छ । बैंक तथा वित्तीय संस्थाहरूको सेवा गुणस्तर, सुरक्षा र पूर्वाधारको नियमित निरीक्षण गर्ने जिम्मेवारी बोकेको राष्ट्र बैंक किन मौन छ ? सर्वसाधारणको पैसा जम्मा हुने संस्थाको यति कमजोर अवस्था हुँदा नियामक निकाय किन निदाएको छ ? भन्ने जनगुनासो बढ्दो छ ।

सामान्य ढोका मर्मत गर्न नसक्ने अवस्थाले बैंकको समग्र सुरक्षा प्रणालीमै आशंका उत्पन्न गरेको छ । यदि एटिएमकै सुरक्षा यस्तो कमजोर छ भने साइबर सुरक्षा, ग्राहक विवरण र वित्तीय कारोबार कत्तिको सुरक्षित होला ? भन्ने गम्भीर चिन्ता सेवाग्राहीमा देखिएको छ ।

सिद्धार्थ बैंकले आफ्नो जिम्मेवारी कहिले महसुस गर्ने ? र राष्ट्र बैंकले यस्तो लापरवाहीमाथि कहिले हस्तक्षेप गर्ने ?

civil hospital
Hams Hospitals