तुलसी अधिकारी थाइल्यान्डमा पक्राउ
वि.सं.२०८३ जेठ १७ आइतवार
189
shares
shares
काठमाडौँ । तुलसा कलेक्सनका नाममा ठगी गर्ने तुलसी अधिकारी थाइल्यान्डमा पक्राउ परेकी छन् ।
अन्तर्राष्ट्रिय प्रहरी सन्जाल इन्टरपोलको सहयोगमा पक्राउ परेकी उनलाई शनिबार काठमाडौँ ल्याइएको जिल्ला प्रहरी ललितपुरका एसपी गौतम मिश्रले बताए ।
उनीविरुद्ध जिल्ला अदालत, ललितपुरमा सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ र ठगी मुद्दा विचाराधीन छ । उनलाई अहिले केहीबेरमा अदालतमा लगिने एसपी मिश्रले बताए ।






























