६ करोड ठगी आरोपमा तुलसा कलेक्सन अदालतमा, २१ करोड सम्पत्तिको स्रोत अझै रहस्यमै !

432
shares

ललितपुर । ‘टिकटकर तुलसा कलेक्सन’ भनी चिनिने तुल्सी अधिकारीविरुद्ध प्रहरीले तयार पारेको ५०० पृष्ठ लामो अभियोगपत्रमाथि बकपत्र नसकिएर आज पनि थुनछेक बहस हुन सकेन । उनलाई पुनः ललितपुर जिल्ला प्रहरीको हिरासतमा फिर्ता लगिएको त्यहाँका कार्यालय प्रमुख एसएसपी होबिन्द्र बोगटीले बताए ।

कुमार चिमोरियाले २०८२ साउन २४ गते ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ठगी गरेको आरोपसहित जाहेरी दिएको जाहेरीका आधारमा अधिकारी पक्राउ परेकी हुन् । उनको २१ करोड सम्पत्तिको स्रोत खुलेको छैन । प्रहरीका अनुसार स्रोत नखुलेको सोही सम्पत्तिका आधारमा उनीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा पनि दायर भएको हो ।

जिल्ला अदालतमा बकपत्र गर्ने क्रममा तुलसाले चिमोरियाबाट पैसा लिएको अस्वीकार गरेकी छन् । उनले विष्णु नामक व्यक्ति आफ्नो व्यापारिक साझेदार रहेको र उनीसँगको कारोबारमाथि चिमोरियाले दाबी गरेको भनेकी छन् ।

२०८२ भदौदेखि फरार उनी चीन हुँदै थाइल्याण्ड पुगेपछि शुक्रबार अन्तर्राष्ट्रिय प्रहरी सञ्जाल इन्टरपोलको सहयोगमा पक्राउ परेकी थिइन् ।

civil hospital
Hams Hospitals