इप्पानमा उपाध्यक्ष र सचिवको संख्या बढ्यो, नयाँ विधान पारित

171
shares

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले आफ्नो विधान संशोधन गर्दै संस्थालाई थप लोकतान्त्रिक र समावेशी बनाउने निर्णय गरेको छ। वार्षिक साधारणसभाबाट पारित संशोधित विधानअनुसार अब सबै पदमा प्रत्यक्ष निर्वाचन हुने व्यवस्था गरिएको छ।

यसअघि वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था रहेको विधान–२०७८ लाई संशोधन गर्दै अध्यक्षसहित सबै पदमा निर्वाचनमार्फत नेतृत्व चयन गर्ने व्यवस्था गरिएको हो। अध्यक्ष पदका लागि भने कम्तीमा एक कार्यकाल कार्यसमितिमा बसेको हुनुपर्ने प्रावधान राखिएको छ।

संशोधित विधानले उपाध्यक्षको संख्या पाँचबाट सात र सचिवको संख्या पाँचबाट सात पुर्‍याएको छ। साथै पाँच जना स्थायी आमन्त्रित सदस्य मनोनयन गर्न सकिने व्यवस्था पनि गरिएको छ। जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति प्राप्त भएपछि नयाँ विधान पूर्ण रूपमा कार्यान्वयनमा आउनेछ।

इप्पानका निवर्तमान अध्यक्ष गणेश कार्कीले संस्थामा व्यापक सहभागिता, समावेशिता र लोकतान्त्रिक अभ्यासलाई संस्थागत गर्न विधान संशोधन गरिएको बताए। नयाँ व्यवस्थाअनुसार अध्यक्ष र वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार कुनै राजनीतिक दलमा आबद्ध हुन नहुने तथा विगतमा आबद्ध भएको भए त्याग गरेको प्रमाण पेस गर्नुपर्नेछ।

यसैबीच, इप्पानको २४औँ वार्षिक साधारणसभा तथा आठौँ अधिवेशनबाट मोहन डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ। २७ सदस्यीय कार्यसमितिमध्ये कोषाध्यक्ष पदबाहेक अन्य २५ पदमा सर्वसम्मत नेतृत्व चयन गरिएको हो।

नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा उत्तम ब्लोन लामा चयन भएका छन्। उपाध्यक्षहरूमा उत्तरकुमार श्रेष्ठ, नरेन्द्र बल्लभ पन्त, विक्रम विष्ट, सुसन कर्माचार्य, हिमप्रसाद पाठक, बलराम खतिवडा र प्रकाशचन्द्र दुलाल रहेका छन्। महासचिवमा टीएन आचार्य चयन भएका छन्।

इप्पानको सचिवमा कृष्ण घिमिरे निर्विरोध, ऊर्जा क्षेत्रको सुधार र विस्तारमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता

civil hospital
Hams Hospitals