Nepal Automobile Importers and Manufacturers Association (NAIMA)

समाचारप्रति परिषद् सदस्य बन्जाडेको खण्डन, ‘भ्रामक प्रचार भएको’ दाबी

771
shares

काठमाडौं । पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्का निर्वाचित खुला सदस्यले आफ्नो नाम जोडेर प्रकाशित समाचारप्रति खण्डन गर्दै उक्त समाचारमा आएका आरोपहरू झुटा, कपोलकल्पित र आधारहीन रहेको बताएका छन्।

उनले परिषद्को निर्णय प्रक्रिया सामूहिक र लोकतान्त्रिक ढंगबाट हुने उल्लेख गर्दै आफूले कुनै राजनीतिक दल वा समूहको प्रतिनिधित्व नगरी स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचन जितेको दाबी गरेका छन्। परिषद्ले परीक्षा सञ्चालन तथा नीति निर्माणका विषयमा जिम्मेवारीअनुसार काम भइरहेको पनि उनले स्पष्ट पारेका छन्।

समाचारमा आफूलाई राजनीतिक प्रभावमा काम गरेको, विभिन्न संस्था तथा मन्त्रालयसँग जोडेर लगाइएका आरोपहरू असत्य रहेको उनको भनाइ छ। गलत सूचना फैलाएर आफ्नो चरित्रहत्या गर्ने प्रयास भएको उल्लेख गर्दै उनले आवश्यक परे कानुनी प्रक्रियामा जाने चेतावनी समेत दिएका छन्।

उक्त समाचार यस्तो छ:

पशु स्वास्थ्य परिषदमा रास्वपाको नाम बेचेर बन्जाडेको बदमाशी

civil hospital
Hams Hospitals