हाइकुहरू
वि.सं.२०८३ साउन ३ आइतवार
shares
१.
तिम्रो नजर
मनभित्र आगो बल्छ
श्वास मुस्कुरायो।
२.
रातको जून
ओठले चुपचाप बोल्यो
मन पग्लियो।
३.
न्यानो स्पर्श
मनमा लहर उठ्यो
मौन वसन्त।
४.
आँखाको गीत
शब्द बिना बुझियो
मनको चाह।
५.
चन्द्र उज्यालो
तिम्रो छाया नाचिरह्यो
मन बिउँझियो।
६.
ओठको कम्पन
हृदयले सुन्यो मात्र
रात मुस्कायो।
७.
मधुर स्पर्श
शरीर मौन बोल्यो
मन हरायो।
८.
मौन चाहना
आँखाले लेख्यो कथा
शब्द हराए।
९.
रातभरि जून
मनले तिमी खोज्यो
निद्रा टाढा।
१०.
मनको आगो
तिम्रो श्वासले बल्यो
प्रेम उज्यालो।
११.
निलो आकाश
तिम्रो सम्झना उड्छ
मन पन्छी।
१२.
ओसिलो घाँस
नाङ्गो खुट्टा हिंड्दा
मन काँप्यो।
१३.
रात निसब्द
हातले हात खोज्यो
मुटु बोल्यो।
१४.
आँखा जुधे
मौनले गीत गायो
प्रेम फक्रियो।
१५.
न्यानो हावा
केशसँग खेलिरह्यो
मन बहक्यो।
१६.
श्वासको ताल
दुई मन मिलेपछि
समय रोक्यो।
१७.
रातको फूल
सुगन्धमा हरायो
मन चरी।
१८.
मौन अधर
अभिलाषा बोलिरह्यो
जून साक्षी।
१९.
तिम्रो छेउमा
धड्कनले लेखिरह्यो
अमिट गीत।
२०.
वसन्त आयो
रगतभित्र फुल्यो
गुप्त चाहना।
२१.
कोमल स्पर्श
मनले समय बिर्स्यो
रात गहिरो।
२२.
आँखाको आगो
हृदयभरि सल्कियो
मौन मिलन।
२३.
रातको शीत
तिम्रो न्यानो सम्झना
मन ततायो।
२४.
मधुर हावा
तिम्रो सुगन्ध बोकी
मन उड्यो।
२५.
मनको ढोका
तिम्रै नामले खुल्यो
प्रेम पस्यो।
२६.
चन्द्र मुस्कान
ओठभरि उज्यालो
मन पग्लियो।
२७.
सपनाभित्र
तिम्रो स्पर्श बाँचिरह्यो
बिहान आयो।
२८.
रातको मौन
अधरले कविता लेख्यो
मन रसायो।
२९.
यौवन फुल्यो
प्रेमले बास्ना छर्यो
मन हरियो।
३०.
दुई धड्कन
एकै लयमा गाए
अनन्त प्रेम।





























