ह्वावेले ल्यायो FusionSolar 9.0 र LUTERRA ESS, नेपालको हरित ऊर्जा अभियानलाई नयाँ गति

138
shares

काठमाडौं। ह्वावे नेपालले आफ्नो नवीनतम FusionSolar 9.0 Smart PV Solution र LUTERRA Utility Grid Forming ESS सार्वजनिक गर्दै नेपालको स्वच्छ, भरपर्दो र दिगो ऊर्जा प्रणाली निर्माणमा सहयोग गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ।

“Step into the All-Scenario Grid-Forming Era” भन्ने नारासहित बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल उद्योग परिसंघ (CNI) का अध्यक्ष वीरेन्द्रराज पाण्डे, ह्वावे डिजिटल पावर साउथ एसिया क्षेत्रका निर्देशक यु जियानलोङ, ह्वावे नेपालका प्रमुख कार्यकारी अधिकृत (CEO) चेस्टर चेन तथा ह्वावे नेपाल डिजिटल पावरका निर्देशक रोहित चन्द्र शाहले संयुक्त रूपमा यी दुई नयाँ समाधान सार्वजनिक गरेका हुन्।

कार्यक्रममा सरकारी निकायका प्रतिनिधि, ऊर्जा विकासकर्ता, उद्योगी–व्यवसायी, नवीकरणीय ऊर्जा क्षेत्रका विज्ञ तथा विभिन्न सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो।

ह्वावेका अनुसार नेपालमा नवीकरणीय ऊर्जाको उत्पादन बढ्दै गएको र विद्युत् पूर्वाधार विस्तार भइरहेका बेला FusionSolar 9.0 र LUTERRA Utility Grid Forming ESS ले राष्ट्रिय विद्युत् प्रणालीलाई अझ स्थिर, भरपर्दो र प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ।

FusionSolar 9.0 ह्वावेको अत्याधुनिक Utility-Scale Smart PV Solution हो, जसले स्मार्ट डिजिटल प्रविधि र सौर्य ऊर्जालाई एकीकृत गरी सञ्चालन दक्षता बढाउने तथा स्वच्छ ऊर्जाको अधिकतम उत्पादन सुनिश्चित गर्ने लक्ष्य राखेको छ।

त्यसैगरी LUTERRA Utility Grid Forming ESS अत्याधुनिक ब्याट्री ऊर्जा भण्डारण (Battery Energy Storage System) समाधान हो। यसले नवीकरणीय ऊर्जाको भण्डारण, विद्युत् आपूर्ति र मागबीच सन्तुलन कायम गर्न तथा राष्ट्रिय ग्रिडको स्थायित्व र विश्वसनीयता अभिवृद्धि गर्न सहयोग पुर्‍याउने ह्वावेले जनाएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै ह्वावे नेपालका प्रमुख कार्यकारी अधिकृत चेस्टर चेन ले विगत २६ वर्षदेखि ह्वावे नेपालका लागि विश्वसनीय साझेदारका रूपमा कार्यरत रहेको उल्लेख गर्दै अब हरित ऊर्जा प्रवर्द्धनमा पनि थप योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे।

उनले भने, “नेपालले हरित ऊर्जातर्फको यात्रा तीव्र बनाइरहेको अवस्थामा FusionSolar 9.0 र LUTERRA Utility Grid Forming ESS सार्वजनिक गर्न पाउँदा हामी गौरवान्वित छौं। यी प्रविधिले नेपाललाई अझ स्वच्छ, स्मार्ट र दिगो ऊर्जा भविष्य निर्माण गर्न सहयोग पुर्‍याउने विश्वास लिएका छौं। आगामी वर्षहरूमा पनि विश्वसनीय प्रविधि र दीर्घकालीन साझेदारीमार्फत नेपालको विकास यात्रामा साथ दिनेछौं।”

सन् १९९९ देखि नेपालमा कार्यरत ह्वावेले दूरसञ्चार, सरकारी निकाय, निजी क्षेत्र तथा विभिन्न साझेदार संस्थासँग सहकार्य गर्दै डिजिटल पूर्वाधार र दिगो ऊर्जा प्रविधिको विकासमा योगदान पुर्‍याउँदै आएको जनाएको छ।

ह्वावेका अनुसार कम्पनीले डिजिटल पावर प्रविधिमा निरन्तर नवप्रवर्तनमार्फत नेपालको नवीकरणीय ऊर्जा विस्तार, कार्बन उत्सर्जन न्यूनीकरण तथा हरित विकासका राष्ट्रिय लक्ष्य हासिल गर्न सहयोग गर्ने प्रतिबद्धता लिएको छ।

civil hospital
Hams Hospitals