आत्मदाह प्रयास गरेका धनगढीका युवकको उपचारका क्रममा मृत्यु

126
shares

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–३ का एक युवकको आत्मदाह प्रयासपछि उपचारका क्रममा मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार ३५ वर्षीय ज्योति चौधरीले साउन ९ गते साँझ करिब ७ः३० बजे आफ्नै घरभित्र शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए।

घटनालगत्तै आफन्तले उनलाई उद्धार गरी उपचारका लागि सेती प्रादेशिक अस्पताल, धनगढी पुर्‍याएका थिए। चिकित्सकका अनुसार उनको शरीरको करिब ६० प्रतिशत भाग जलेको थियो र अवस्था गम्भीर रहेकाले प्रारम्भिक उपचारपछि भेरी अस्पताल, नेपालगञ्ज रिफर गरिएको थियो।

परिवारले थप उपचारका लागि उनलाई काठमाडौं लैजाने निर्णय गरेको भए पनि, धादिङ पुगेपछि बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रहरीका अनुसार आत्मदाह प्रयास गर्नुको कारण हालसम्म खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

civil hospital
Hams Hospitals