निर्मल पुर्जाको सकुशल उद्धारका लागि सबै संयन्त्र परिचालन गर्न कांग्रेसको आग्रह

255
shares

 

काठमाडौं । नेपाली कांग्रेसले पाकिस्तानको ब्रड पिक क्षेत्रमा हिमपहिरोसँग सम्बन्धित घटनापछि सम्पर्कविहीन रहेका विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स) को सकुशल खोजी तथा उद्धारका लागि उपलब्ध सबै स्रोत, साधन र संयन्त्र परिचालन गर्न आग्रह गरेको छ।

 

शुक्रबार महामन्त्री प्रदीप पौडेलद्वारा जारी प्रेस विज्ञप्तिमा विश्व पर्वतारोहण जगतमा नेपालको गौरवलाई अभूतपूर्व उचाइमा स्थापित गर्न सफल पुर्जा सम्पर्कविहीन रहेको समाचारले पार्टी अत्यन्त चिन्तित र मर्माहत भएको उल्लेख गरिएको छ।

 

कांग्रेसले पुर्जाले विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल केवल ६ महिना ६ दिनमा आरोहण गरी विश्व कीर्तिमान कायम गरेको तथा उनकै नेतृत्वमा नेपाली टोलीले विश्वकै दोस्रो अग्लो हिमाल के–टुको इतिहासकै पहिलो सफल शीतकालीन आरोहण सम्पन्न गर्दै नेपालको पर्वतारोहण इतिहासमा स्वर्णिम अध्याय थपेको स्मरण गरेको छ।

 

विज्ञप्तिमा पुर्जाले प्रकाशित गरेको द्यभथयलम एयककष्दभि पुस्तक तथा उनीमाथि निर्माण भएको नेटफ्लिक्स वृत्तचित्र १४ एभबपकः ल्यतजष्लन ष्क क्ष्mउयककष्दभि मार्फत नेपालको पर्वतारोहण परम्परा, नेपाली पर्वतारोहीको क्षमता र राष्ट्रिय गौरवलाई विश्वसामु स्थापित गर्न महत्वपूर्ण योगदान दिएको उल्लेख गरिएको छ। व्यवसायी, उद्धारकर्मी र सामाजिक अभियन्ताका रूपमा उनले पर्यटन प्रवद्र्धन, हिमाली समुदायको उत्थान, वातावरण संरक्षण तथा मानवीय सेवामा पु¥याएको योगदान पनि प्रशंसनीय रहेको कांग्रेसले जनाएको छ।

 

कांग्रेसले निर्मल पुर्जा कुनै एक व्यक्तिको नाम मात्र नभई नेपालको साहस, आत्मविश्वास, अदम्य इच्छाशक्ति, अनुशासन, नेतृत्व क्षमता र राष्ट्रिय गौरवको सशक्त प्रतीक भएको उल्लेख गरेको छ।

 

यस संवेदनशील घडीमा पुर्जाको सकुशल खोजी तथा उद्धारका लागि खटिएका सम्पूर्ण उद्धार टोलीको सफलताको कामना गर्दै कांग्रेसले पाकिस्तान सरकार, सम्बन्धित सुरक्षा निकाय तथा अन्तर्राष्ट्रिय उद्धार संयन्त्रलाई उपलब्ध सम्पूर्ण स्रोत, साधन, प्रविधि र विशेषज्ञ जनशक्ति अधिकतम परिचालन गरी खोज तथा उद्धार कार्यलाई उच्च प्राथमिकताका साथ प्रभावकारी बनाउन आग्रह गरेको छ।

 

त्यस्तै नेपाल सरकारलाई पाकिस्तान सरकार, नेपाली दूतावास तथा सम्बन्धित अन्तर्राष्ट्रिय निकायसँग उच्चस्तरीय कूटनीतिक समन्वय गरी आवश्यक सहयोग, सूचना आदानप्रदान तथा उद्धार प्रयासमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरिएको छ। आवश्यक परे नेपाली पर्वतारोहण विज्ञ तथा उद्धार विशेषज्ञहरूको टोली परिचालन गर्ने सम्भावनाबारे समेत गम्भीरतापूर्वक अध्ययन गरी आवश्यक पहल गर्न सरकारसँग अनुरोध गरिएको छ।

civil hospital
Hams Hospitals