Banner ad for NADA AUTO SHOW -2026

तातोपानी भन्सार क्षेत्रमा पहिरो, सशस्त्र प्रहरीको बीओपीमा क्षति

423
shares

 

सिन्धुपाल्चोक — सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ स्थित तातोपानी भन्सार कार्यालय क्षेत्रमा गएराति खसेको सुख्खा पहिरोले सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी) मा भौतिक क्षति पुर्‍याएको छ।

बीओपीको उत्तर–पश्चिमतर्फ रहेको करिब २००–३०० मिटर अग्लो डाँडाबाट पहिरो खस्दा त्यससँगै झरेका ढुङ्गा एक–आपसमा ठोक्किएर उछिट्टिँदा बीओपी भवन तथा अन्य संरचनामा क्षति पुगेको सशस्त्र प्रहरी स्रोतले जनाएको छ।

घटनामा कुनै मानवीय क्षति भने भएको छैन।

पहिरोका कारण भएका क्षतिहरू:

– पहिलो लाइन ब्यारेकको एउटा झ्यालको सिसा फुटेको।
– दोस्रो लाइन ब्यारेकको भित्तामा प्वाल परेको तथा जस्ताको छानोमा ६ वटा प्वाल परेको।
– दुईमध्ये एउटा ड्युटी पोस्ट पूर्ण रूपमा ध्वस्त भएको र अर्कोमा आंशिक क्षति पुगेको।
– वरिष्ठ अधिकृतको बाथरुमको भित्तामा प्वाल परेको।
– जिन्सी स्टोर भवनको छत र भित्तामा गरी तीन वटा प्वाल परेको।
– राष्ट्रिय झण्डा राखिएको पोल पूर्ण रूपमा क्षतिग्रस्त भएको।
– कार्यालयको मुख्य प्रवेशद्वार (मेनगेट) अगाडिको सिँढीमा क्षति पुगेको।

सुरक्षा निकायले पहिरोको जोखिमलाई मध्यनजर गर्दै क्षेत्रको निगरानी बढाएको जनाएको छ।

civil hospital
Hams Hospitals