Nepal Automobile Importers and Manufacturers Association (NAIMA)

गेट दुईवटा, खुल्छ एउटा : यात्रु लाइनको रमिता (तस्बिरसहित)

405
shares

 

काठमाडौं । यो दृश्य काठमाडौंस्थित घरेलु विमानस्थलको मुख्य प्रवेशद्वारको हो। मुख्य द्वार दुईवटा भए पनि यात्रुहरू यति लामो लाइन लाग्दा समेत सुरक्षाकर्मीहरू अर्को गेट खोल्न मन पराउँदैनन्।

एउटा मात्रै गेट खुला राख्दा यात्रुहरू लामो समयसम्म लाइनमा बस्न बाध्य भएका छन्। यात्रुको चाप बढेर लामो लाइन लागिसक्दा पनि अर्को गेट नखोलिँदा विमानस्थल प्रवेशमै यात्रुले सास्ती खेप्नुपरेको छ।

मुख्य द्वारमा दुईवटा गेटको व्यवस्था हुँदाहुँदै एउटा मात्रै गेट सञ्चालनमा राख्नुकोकारण के हो थाहा छैन् ,तर सायद यात्रुहरू लाइन लागेको हेर्न विमानस्थलका सुरक्षाकर्मीहरूलाई बानी परिसकेको छ । त्यसैले अर्को गेट खोल्न मन नलागेको हुन सक्छ ।

civil hospital
Hams Hospitals