Nepal Automobile Importers and Manufacturers Association (NAIMA)

ज्ञानेश्वर–कमलपोखरी क्षेत्रमा लत्रेका तार हटाइयो, नयाँबजारका अनियमित विज्ञापन बोर्ड हटाउन व्यवसायीलाई आग्रह

375
shares

काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर प्रहरी बलले ज्ञानेश्वर–कमलपोखरी क्षेत्रका सडक तथा सार्वजनिक स्थानमा अव्यवस्थित रूपमा लत्रिएका तार हटाउने कार्य गरेको छ।

महानगरको सौन्दर्यीकरण तथा सार्वजनिक स्थानलाई व्यवस्थित बनाउने अभियानअन्तर्गत नगर प्रहरी टोलीले क्षेत्रमा रहेका लत्रेका तथा अनावश्यक तार हटाएको हो। अव्यवस्थित तारका कारण सडक तथा सार्वजनिक क्षेत्रको दृश्य बिग्रिनुका साथै पैदलयात्री तथा सवारीसाधनको आवागमनमा समेत जोखिम हुने गरेको भन्दै महानगरले त्यस्ता तार व्यवस्थापन गर्दै आएको छ।

यसैगरी, नगर प्रहरी बलले नयाँबजार क्षेत्रमा अनियमित रूपमा राखिएका विज्ञापन बोर्डहरू हटाउन व्यवसायीलाई आग्रह गरेको छ।

महानगरपालिकाको मापदण्डविपरीत राखिएका विज्ञापन बोर्ड तथा होर्डिङ बोर्ड स्वयं व्यवसायीले हटाएर सार्वजनिक स्थानलाई व्यवस्थित बनाउन सहयोग गर्न नगर प्रहरीले अनुरोध गरेको जनाएको छ।

काठमाडौं महानगरपालिकाले पछिल्लो समय शहरको सौन्दर्य, सार्वजनिक स्थानको व्यवस्थापन तथा सडक सुरक्षालाई प्राथमिकतामा राख्दै अव्यवस्थित तार, विज्ञापन बोर्ड तथा अन्य संरचना हटाउने अभियानलाई तीव्रता दिँदै आएको छ।

civil hospital
Hams Hospitals