Nepal Automobile Importers and Manufacturers Association (NAIMA)

पूर्वप्रधानमन्त्रीका स्वकीय सचिव बनेका गंगा,भानु र राजेश अख्तियारको फन्दामा

462
shares

 

काठमाडौं । पूर्वप्रधानमन्त्रीका दुरुपयोग गर्दै अकुत आर्जन गरेका स्वकीय सचिवहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन् ।

आयोगले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव रहेका भानु देउवा तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालकी स्वकीय सचिव गंगा दाहाल र उनका परिवारका सदस्यहरूको सम्पत्तिको स्रोतबारे अनुसन्धान थालेको हो । पूर्वप्रधानमन्त्री केपी ओलीको दुरुपयोग गर्ने राजेश बज्राचार्य यस अघि नै अख्तियारको फन्दामा छन् ।

अख्तियार निकट स्रोतका अनुसार भानु देउवाको सम्पत्ति विस्तृत अनुसन्धानमा लैजान आवश्यक विवरणसम्बन्धी फारम भराइसकिएको छ । उजुरीका आधारमा अनुसन्धान अधिकृत तोकेर उनको तथा परिवारका सदस्यको नाममा रहेको चल–अचल सम्पत्तिको विवरण संकलन थालिएको स्रोतको भनाइ छ ।

अनुसन्धानका क्रममा बैंक खाताको विवरण, जग्गाजमिन, शेयरलगायतका सम्पत्तिसम्बन्धी अभिलेख सम्बन्धित निकायबाट झिकाउने काम भइरहेको छ ।

त्यस्तै, गंगा दाहाल र उनका पति जीवन आचार्यको सम्पत्तिको स्रोतबारे पनि आयोगले अनुसन्धान गरिरहेको छ । आचार्य कोशी प्रदेशसभाका सदस्य तथा कोशी प्रदेश सरकारका पूर्वमन्त्री हुन् । दाहालले उनको बाबु प्रधानमन्त्री हुँदा अकुत आर्जन गरकी थिइन् ।

अख्तियार स्रोतका अनुसार पारिवारिक सम्पत्तिको अनुसन्धानका क्रममा पति, पत्नी तथा अन्य परिवारका सदस्यको नाममा रहेको सम्पत्तिसमेत अनुसन्धानको दायरामा आउन सक्छ। गंगा दाहाल र आचार्यको हकमा केही सम्पत्तिको स्रोत खुलाउन थप विवरण माग्ने तथा ताकेता गर्ने काम भइरहेको स्रोतको दाबी छ ।

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्यको सम्पत्तिमाथि पनि अख्तियारले यसअघि नै अनुसन्धान अघि बढाइसकेको छ। बज्राचार्यलाई अख्तियारको टंगालस्थित कार्यालयमा बोलाएर सम्पत्ति विवरणसम्बन्धी फारम भराइएको थियो ।

civil hospital
Hams Hospitals