Nepal Automobile Importers and Manufacturers Association (NAIMA)

नेपाल प्रहरीका गुनासा : १६ वर्षे पेन्सन कार्यान्वयन गर्न माग

162
shares

 

काठमाडौं । नेपाल प्रहरीका तल्लो तहका कर्मचारीले १६ वर्ष सेवा पूरा गरेपछि पेन्सनसहित ऐच्छिक अवकाश लिन पाउने व्यवस्था लागू गर्न माग गरेका छन्।

 

जवानदेखि वरिष्ठ हवल्दारसम्मका कर्मचारीले लामो समयदेखि उठाउँदै आएको उक्त माग प्रहरी ऐन तथा नियमावली संशोधनमार्फत सम्बोधन हुनुपर्ने उनीहरूको भनाइ छ । उनीहरूका अनुसार १६ वर्षे पेन्सनको विषयमा पटक–पटक छलफल र आश्वासन पाए पनि हालसम्म कानुनी रूपमा कार्यान्वयन हुन सकेको छैन ।

 

तल्लो तहका प्रहरी कर्मचारी २४ घण्टा ड्युटीमा खटिनुपर्ने तथा लामो समयसम्म कठिन र जोखिमपूर्ण जिम्मेवारी निर्वाह गर्नुपर्ने भएकाले १६ वर्ष सेवा पूरा गरेपछि सम्मानजनक रूपमा अवकाश लिन पाउने व्यवस्था आवश्यक रहेको उनीहरूको भनाई छ।

 

हालको व्यवस्थाअनुसार पेन्सन सुविधासहित ऐच्छिक अवकाश लिन २० वर्ष सेवा अवधि पूरा गर्नुपर्ने व्यवस्था रहेको उनीहरूले उल्लेख गरेका छन्।

 

२० वर्ष नपुग्दै सेवा छाड्दा पेन्सन सुविधा नपाइने भएकाले कतिपय कर्मचारी बीचमै राजीनामा दिनुपर्ने अवस्था आउने उनीहरूको भनाइ छ।

 

त्यस्तै, तल्लो तहमा पदोन्नतिको अवसर सीमित हुँदा लामो समय एउटै पदमा काम गर्नुपर्ने अवस्था रहेको भन्दै १६ वर्षे ऐच्छिक अवकाशको व्यवस्था लागू भए नयाँ जनशक्तिका लागि अवसर सिर्जना हुने उनीहरूको दाबी छ।

 

उनीहरूले १६ वर्षे पेन्सनसम्बन्धी मागलाई तत्काल कानुनी रूपमा सम्बोधन गरी कार्यान्वयनमा ल्याउन सरकारसँग आग्रह गरेका छन्।

civil hospital
Hams Hospitals