Banner ad for NADA AUTO SHOW -2026

रसुवामा बाढीबाट मानवीय क्षति, यकिन विवरण आउन बाँकी

159
shares

 

 

काठमाडौं । रसुवामा बाढीबाट मानवीय क्षति भएको पुष्टि भए पनि क्षतिको यकिन विवरण आउन बाँकी रहेको छ ।

 

गोसाइँकुण्ड गाउँपालिका–६ धुन्चेका वडाध्यक्ष दावा सिदार वाइवाले बाढीबाट मानवीय क्षति भएको पुष्टि भए पनि क्षतिको यकिन विवरण आउन बाँकी रहेको जानकारी दिए ।

 

नेपाल न्यूज बैंकसँगको कुराकानीमा वडाध्यक्ष वाइवाले बाढीबाट ठूलो क्षति भएको र मानवीय क्षतिसमेत भएको जानकारी दिए। यद्यपि कति जनाको मृत्यु वा कति जना प्रभावित भए भन्ने विवरण तत्काल यकिन गर्न नसकिएको उनले बताए।

 

बाढीका कारण प्रभावित क्षेत्रमा उद्धार कार्य जारी रहेको उनले जानकारी दिए। सडक तथा पुलहरू बगाएकाले स्थलमार्गबाट प्रभावित क्षेत्रमा पुग्न कठिनाइ भइरहेको र हेलिकोप्टरमार्फत उद्धारको प्रयास भइरहेको उनको भनाइ छ।

 

‘रेस्क्यु गरिराख्या छ, हेलिकोप्टरबाट। त्यहाँ जाने सम्भावना छैन, भएको पुल सबै बगिसक्यो,’ वडाध्यक्ष वाइवाले भने।

 

उनले बाढीबाट भएको थप क्षतिको विवरण उद्धार तथा खोजी कार्य अघि बढेपछि मात्रै यकिन हुने बताए।

civil hospital
Hams Hospitals