Banner ad for NADA AUTO SHOW -2026

माथिल्लो त्रिशूली–१ आयोजनाका ३१ जना नेपाली सेनाको सम्पर्कमा

183
shares

 

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण सम्पर्कविहीन भएका रसुवास्थित निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाका ३१ जना नेपाली सेनाको सम्पर्कमा आएका छन्।

आयोजनाको कर्मचारी क्याम्पमा रहेका उनीहरू नेपाली सेनाको सम्पर्कमा आएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय स्रोतले जनाएको छ।

स्रोतका अनुसार सम्पर्कमा आएका ३१ जनामध्ये ७ जनाको उद्धार भइसकेको छ। बाँकीलाई उद्धार गर्न नेपाली सेनाको हेलिकोप्टर पुनः प्रभावित क्षेत्रमा पुगेको बताइएको छ।

यसअघि आयोजनामा कार्यरत ७६ जना सम्पर्कविहीन रहेको विवरण आफन्तहरूले दिएका थिए। उनीहरूको खोजी तथा उद्धार कार्य जारी रहेको मन्त्रालय स्रोतले जनाएको छ।

मन्त्रालय स्रोतका अनुसार सम्पर्कमा आएका ३१ जनामध्ये सबै आयोजनाका कर्मचारी हुन् वा स्थानीय बासिन्दासमेत छन् भन्ने विषयमा भने अझै यकिन भइसकेको छैन। उद्धारपछि यसबारे थप स्पष्ट हुने बताइएको छ।

“३१ जना कर्मचारी क्याम्पमा रहेको जानकारी प्राप्त भएको छ। उनीहरूको उद्धार भइरहेको छ,” स्रोतले भन्यो, “सम्पर्कमा आएका सबै कर्मचारी हुन् कि स्थानीय पनि हुन् भन्नेबारे एकिन भइरहेको छैन। उद्धारपछि थप स्पष्ट हुनेछ।”

भोटेकोशीमा आएको बाढीका कारण रसुवाका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। प्रभावित क्षेत्रमा बेपत्ताको खोजी, उद्धार तथा राहत कार्यलाई तीव्र पारिएको छ।

civil hospital
Hams Hospitals