Banner ad for NADA AUTO SHOW -2026

तिब्बतमा पुनः ड्याम फुटेको सूचना, सुरक्षित स्थानमा जान प्रहरीको आग्रह

159
shares

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा पुनः ड्याम फुटेको सूचना प्राप्त भएको छ । चिनियाँ पक्षबाट प्राप्त सूचनाका आधारमा नेपाल प्रहरीले सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै नदी तथा खोला आसपासका बासिन्दालाई तत्काल सुरक्षित स्थानतर्फ जान आग्रह गरेको छ ।

नेपाल प्रहरीका अनुसार चीनतर्फ पानीको बहाव बढ्न सक्ने र त्यसको असर नेपालतर्फ समेत पर्न सक्ने भएकाले उच्च सतर्कता अपनाउन भनिएको हो ।

केही दिनअघि तिब्बतबाट आएको भीषण बाढीका कारण रसुवा, नुवाकोटलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको थियो । अहिले पनि विपद् प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य जारी रहेकै बेला पुनः बाढीको जोखिम बढेको हो ।

चीनतर्फ पहिरोका कारण बनेको अस्थायी तालमा पानीको मात्रा बढिरहेको र थप बाढी आउन सक्ने जोखिमका कारण उद्धार टोलीलाई समेत सुरक्षित क्षेत्रमा सारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

प्रहरीले नदी किनार, खोला तथा जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई सतर्क रहन र सम्भव भएसम्म सुरक्षित तथा अग्लो स्थानमा जान आग्रह गरेको छ ।

civil hospital
Hams Hospitals