Banner ad for NADA AUTO SHOW -2026

भोटेकोसी बाढीमा बेपत्ता असई पौडेलको शव चितवनमा फेला

195
shares

 

 

चितवन । रसुवाको बेत्रावती प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) रामकाजी पौडेलको शव चितवनमा फेला परेको छ ।तिब्बततर्फबाट भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी बेपत्ता भएका नुवाकोटका ४३ वर्षीय पौडेलको शव चितवनमा फेला परेको हो ।बाढीमा परेर सम्पर्कविहीन भएका पौडेलको शव चितवनमा फेला परेपछि पहिचान गरी जिल्ला अस्पताल चितवनमा पोस्टमार्टम गरिएको थियो । पोस्टमार्टम प्रक्रिया पूरा भएपछि प्रहरीले शव परिवारलाई बुझाएको जनाएको छ ।

यसैबीच, चितवनमै फेला परेको अर्को शवको समेत पहिचान खुलेको छ। प्रहरीले उक्त शव बाँकेको कोहलपुर नगरपालिका–११ का २३ वर्षीय कविलाल चौधरीको भएको पुष्टि गरेको छ।चौधरीको शव पनि आवश्यक कानुनी प्रक्रिया पूरा गरी परिवारलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

civil hospital
Hams Hospitals