Banner ad for NADA AUTO SHOW -2026

रसुवाबाट पुनः बाढी बढेको सूचना, त्रिशूली नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

321
shares

 

काठमाडौँ । भोटेकोशी नदीमा पुनः बाढी बढेको सूचना प्राप्त भएपछि त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

जिल्ला प्रहरी कार्यालय रसुवाले भदौ १२ गते राति चीनतर्फबाट प्राप्त सूचनाअनुसार भोटेकोशी नदीमा बाढीको बहाव पुनः बढेको जनाएको हो। प्रहरीले राति ८ः५४ बजे सूचना जारी गर्दै नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले त्रिशूली नदीको तटीय क्षेत्र हुँदै मुग्लिनसम्म उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।

महाशाखाले अर्को सूचना जारी नभएसम्म त्रिशूली नदीको तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई आवश्यक सावधानी अपनाउन तथा जोखिम देखिएमा सुरक्षित स्थानमा सर्न आग्रह गरेको छ।

बाढीको अवस्था थप बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै नदी किनार तथा तल्लो तटीय क्षेत्रमा रहेका नागरिकलाई अनावश्यक आवतजावत नगर्न र सुरक्षा निकाय तथा सम्बन्धित निकायको सूचनालाई पालना गर्न आग्रह गरिएको छ। थप विवरण तथा सूचना आवश्यकताअनुसार सार्वजनिक गरिने महाशाखाले जनाएको छ।

civil hospital
Hams Hospitals