Banner ad for NADA AUTO SHOW -2026

कृष्णभीरमा सडक भासिँदा मुग्लिङ–काठमाडौं सडकखण्ड पूर्ण अवरुद्ध

591
shares

 

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडकको ठूलो हिस्सा भासिएपछि मुग्लिङ–काठमाडौं सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। लगातारको वर्षा र बाढीका कारण सडकको जग नै खस्किएर भासिएपछि दुवैतर्फबाट सवारी आवागमन ठप्प भएको हो।

बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख डिल्लीनारायण पाण्डेका अनुसार कृष्णभीरको सडकको जग कमजोर भएर ठूलो भाग भासिएकाले तत्काल सवारी सञ्चालन गर्न सकिने अवस्था छैन।

सडक पूर्ण रूपमा अवरुद्ध भएपछि काठमाडौंबाट बाहिरिने तथा मुग्लिङ हुँदै काठमाडौं भित्रिने सयौँ सवारीसाधन र हजारौँ यात्रु बीचबाटोमै अलपत्र परेका छन्।

सडकको अवस्था गम्भीर रहेकाले तत्काल मर्मत गरी यातायात सञ्चालनमा ल्याउन केही समय लाग्न सक्ने ट्राफिक प्रमुख पाण्डेले जानकारी दिएका छन्।

यसैबीच, आज बिहानैदेखि त्रिशूली र नारायणी नदीमा जलसतह बढिरहेको तथा विभिन्न स्थानमा पहिरो जाने क्रमसमेत जारी रहेकाले पृथ्वी राजमार्गको यात्रा थप जोखिमपूर्ण बनेको छ।

प्रहरीले सडकको अवस्था नबुझी जोखिमपूर्ण क्षेत्रमा यात्रा नगर्न तथा सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।

civil hospital
Hams Hospitals