नेपाल इन्भेष्टमेण्ट मेगा बैंकद्वारा बाढीपीडितका लागि ४ करोड १ लाख सहयोग

495
shares

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

हालै आएको भीषण बाढी तथा प्राकृतिक विपद्का कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवनलगायतका जिल्लामा मानवीय तथा भौतिक क्षति भएको छ। विपद्का कारण ठूलो संख्यामा नागरिकको दैनिक जनजीवन प्रभावित भइरहेका बेला राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले बैंकले उक्त रकम कोषमा प्रदान गरेको हो।

विपद्को कठिन परिस्थितिमा प्रभावित नागरिकको साथमा रहँदै खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा सरकार तथा सम्बन्धित निकायलाई सहयोग गर्ने मानवीय प्रयासप्रति बैंकले ऐक्यबद्धता जनाएको छ।

बैंकले बाढी तथा विपद्मा परी ज्यान गुमाएका नागरिकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, घटनापछि हालसम्म सम्पर्कविहीन रहेका व्यक्तिहरूको सकुशल उद्धार तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

civil hospital
Hams Hospitals