Banner ad for NADA AUTO SHOW -2026

भोटेकोशी बाढी : चीनतर्फबाट ९८ नेपाली बेपत्ता भएको पुष्टि, सुचि सहित

273
shares

 

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि नेपालसँगै चीनतर्फ पनि ठूलो संख्यामा मानिसहरू बेपत्ता भएका छन्। चीनले आफ्नो सीमाक्षेत्र केरुङबाट ९८ जना नेपाली नागरिक सम्पर्कविहीन भएको पुष्टि गरेको छ।

चिनियाँ पक्षले नेपाललाई पठाएको विवरणअनुसार बेपत्ता हुनेमा ८१ जना पुरुष र १७ जना महिला रहेका छन्। उनीहरूको उमेर १८ वर्षदेखि ६५ वर्षसम्म रहेको जनाइएको छ।

चीनको सीमाक्षेत्र केरुङमा बाढी आएपछि ती नेपाली नागरिक सम्पर्कविहीन भएका हुन्। चिनियाँ पक्षले तयार पारेको बेपत्ता नेपाली नागरिकको सूची अगस्ट २८ तारिखमा फ्याक्समार्फत नेपाल पठाएको बताइएको छ।

भोटेकोशीमा आएको विनाशकारी बाढीपछि नेपाल–चीन सीमाक्षेत्रसहित नदीको तटीय क्षेत्रमा ठूलो मानवीय क्षति भएको छ। बाढीपछि नेपालतर्फ पनि ठूलो संख्यामा मानिसहरू अझै सम्पर्कविहीन रहेका छन्।

civil hospital
Hams Hospitals