हिमालयन बैंक लिमिटेडद्वारा रसुवा बाढी पीडितहरूको सहायताको लागि ३ करोड १ लाख आर्थिक सहयोग
वि.सं.२०८३ भदौ १५ सोमवार
153
shares
shares
काठमाडौं । हिमालयन बैंक लिमिटेडले भोटेकोशी नदीमा अचानक आएको गेग्र्यान सहितको बाढीबाट भोटेकोशी र त्रिशूली नदी किनारका तथा अन्य प्रभावितहरूको सहयोगको लागि आर्थिक सहायता प्रदान गरेको छ ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा प्रभावितहरूको उद्धार, सहायता तथा पुनर्स्थापनाका लागि रु ३ करोड १ लाख आर्थिक सहायता प्रदान गर्ने निर्णय गरेको छ ।
उक्त अप्रत्याशित घटनामा भएको जनधनको क्षतिले बैंक तथा बैंक परिवारहरूलाई अत्यन्तै मर्माहित बनाएको छ र यस दुःखद घडीमा प्रभावित सबैमा धैर्य धारण गरी आवश्यक सहयोग र उद्धार कार्यमा जुट्न बैंक सम्बन्धित सबैमा आग्रह गर्दछ ।
बैंक यस विपद्को समयमा प्रभावित समुदायको साथमा रहँदै सक्दो सहयोग गर्न सदैव तत्पर रहेको प्रतिबद्धता व्यक्त गर्दछ ।





























