भोटेकोशी बाढीपीडित नगरबासीलाई बाह्रविसे नगरपालिकाले प्रतिपरिवार १ लाख १५ हजार सहयोग गर्ने

7.6K
shares
Nabil bank

 

सिन्धुपाल्चोक । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउन बाह्रविसे नगरपालिकाले १ लाख १५ हजार रुपैयाँ सहयोग गर्ने भएको छ।

बाह्रविसे नगरपालिकाको ९९औँ कार्यपालिका बैठकले विपद् व्यवस्थापन कोषबाट उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो। नगरपालिकाले भोटेकोशी बाढीबाट प्रभावित नागरिकप्रति दुःख व्यक्त गर्दै विपद्को यस कठिन घडीमा उद्धार तथा राहत कार्यलाई तीव्रता दिनुपर्नेमा जोड दिएको छ।

नगरपालिकाका अनुसार भोटेकोशी नदीमा आएको अचानक बाढीका कारण रसुवालगायतका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। बाढीपछि प्रभावितहरूको उद्धार, राहत तथा बेपत्ताको खोजी कार्य जारी रहेको भन्दै नगरपालिकाले केन्द्र सरकार तथा सम्बन्धित निकायसँग आवश्यक समन्वय र सहकार्यका लागि आग्रह गरेको छ।

नगरपालिकाले विपद्का कारण प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउनुका साथै दीर्घकालीन पुनःस्थापनामा समेत राज्यका सबै तह र निकायको भूमिका महत्वपूर्ण हुने जनाएको छ।

यसअघि पनि बाह्रविसे नगरपालिकाले विपद् प्रभावित नागरिकका लागि राहत तथा सहयोगका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। नगरपालिकाको वेबसाइटमा समेत विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनासहितका सामग्री सार्वजनिक गरिएको छ।

भोटेकोशी बाढी पछिल्लो समय ठूलो मानवीय विपद्का रूपमा देखिएको र सरकारले समेत प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि विभिन्न जिल्लामा रकम निकासा गरेको प्रवत्ता बिमल पौडेलले बताए ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x