कागेश्वरी मनोहराकी इन्जिनियर दीपा कार्की ६४ हजार घुससहित पक्राउ

162
shares

 

 

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी इन्जिनियर दीपा कार्की घुससहित पक्राउ परेकी छन्।नगरपालिकाको भवन निर्माण तथा बस्ती विकास शाखा प्रमुख इन्जिनियर (सातौँ) पदमा कार्यरत कार्की र रकम लिएर मध्यस्थता गर्ने आस्मा कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रंगेहात पक्राउ गरेको हो।स्ट्रक्चर एनालाइसिसको काम स्वीकृत गरिदिएबापत पटक–पटक दुःख दिँदै घुस मागेको उजुरी परेपछि अख्तियारको टंगालस्थित कार्यालयबाट टोली खटिएको थियो।

 

टोलीले सेवाग्राहीबाट ६४ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उनीहरूलाई नगरपालिकाको कार्यालय, थलीबाटै पक्राउ गरेको अख्तियारले जनाएको छ।

सोमबार पक्राउ परेका दुवै जनाविरुद्ध मंगलबार विशेष अदालतको आदेशबाट भ्रष्टाचारसम्बन्धी मुद्दामा म्याद थप गरिएको छ। उनीहरूमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

civil hospital
Hams Hospitals