कर्मचारी मिलन केन्द्र सिन्धुपाल्चोकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. २ लाख सहयोग

321
shares

सिन्धुपाल्चोक । कर्मचारी मिलन केन्द्र सिन्धुपाल्चोकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. २ लाख सहयोग गरेको छ।

वि.सं. २०८३ साल भदौ १८ गते कर्मचारी मिलन केन्द्र सिन्धुपाल्चोकले प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रदान गरेको हो।

कर्मचारी मिलन केन्द्रका पदाधिकारीहरूको उपस्थितिमा केन्द्रका संरक्षक तथा प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. २ लाख रकम हस्तान्तरण गरिएको हो।

विपद्का समयमा पीडित तथा प्रभावित नागरिकलाई राहत उपलब्ध गराउन तथा उद्धार र पुनःस्थापनाका कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले केन्द्रले कोषमा आर्थिक सहयोग गरेको जनाएको छ।

सहयोग हस्तान्तरण कार्यक्रममा कर्मचारी मिलन केन्द्रका पदाधिकारी तथा कर्मचारीहरूको सहभागिता रहेको थियो। केन्द्रले आगामी दिनमा पनि विपद् तथा संकटका अवस्थामा आफ्नो तर्फबाट आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

civil hospital
Hams Hospitals