त्रिशूली थ्री ए सुरुङबाट एक जनाको जीवितै उद्धार

231
shares

 

काठमाडौं । त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार गरिएको छ ।

सांसद श्रीराम न्यौपानेका अनुसार सुरुङभित्र फसेका सञ्जय साहलाई जीवितै उद्धार गरिएको हो ।

उद्धार गरिएका साहको अवस्था र स्वास्थ्यसम्बन्धी विस्तृत विवरण भने तत्काल सार्वजनिक गरिएको छैन । सांसद न्यौपानेले सुरुङभित्र अझै अन्य व्यक्तिहरू पनि रहेको जानकारी आफूले पाएको बताएका छन् ।

सुरुङभित्र रहेका अन्य व्यक्तिको खोजी तथा उद्धार कार्य जारी रहेको जनाइएको छ । उद्धार टोलीले जोखिमपूर्ण अवस्थाका बीच सुरुङभित्र खोजी कार्यलाई तीव्रता दिएको छ ।

घटनाबारे थप विवरण आउन बाँकी छ ।

civil hospital
Hams Hospitals