अपर त्रिशूली–३एमा फसेका दुई जनाको जीवितै उद्धार
वि.सं.२०८३ भदौ १९ शुक्रवार
225
shares
shares
काठमाडौं । रसुवामा आएको भीषण बाढीका कारण ‘अपर त्रिशूली–३ए’ जलविद्युत आयोजनाको संरचनाभित्र फसेका दुई जनाको जीवितै उद्धार गरिएको छ ।
उद्धार गरिएकामध्ये ३० वर्षीय सञ्जय साह रहेका छन् । सप्तरीको कोइलाडी–८ निवासी साह अपर त्रिशूली–३ए जलविद्युत आयोजनामा फोरम्यान (मेकानिकल) का रूपमा कार्यरत थिए ।
त्यस्तै, आयोजनाको अटोमेसन प्रोजेक्टमा कार्यरत ४५ वर्षीय मेकानिकल सुपरभाइजर कबिर महर्जनको पनि जीवितै उद्धार गरिएको छ । काठमाडौंको बालकुमारी–३ निवासी महर्जन पनि बाढीका कारण आयोजनाभित्र फसेका थिए ।
उद्धार गरिएका दुवै जनालाई आवश्यक उपचारका लागि काठमाडौं ल्याउने तयारी भइरहेको जनाइएको छ ।
बाढीपछि आयोजनाको सुरुङ तथा आसपासका संरचनामा फसेका अन्य व्यक्तिको खोजी तथा उद्धार कार्यसमेत जारी रहेको छ ।





























