रसुवा बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

186
shares

 

काठमाडौं । आज राष्ट्रिय शोक मनाइँदै छ ।

 

रसुवाको भोटेकोशी नदीमा गएको विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाको सम्मानमा आज (सोमबार) राष्ट्रिय शोक मनाउन लागेको हो ।

 

आज नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झन्डा आधा झुकाइने छ ।

 

यही भदौ १८ गते सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाउने निर्णय गरेको

थियो ।

 

civil hospital
Hams Hospitals