घन्टीको मन्त्रालयमा रुखको छाया

180
shares

काठमाडौँ । राष्टिय स्वतन्त्र पार्टीको नयाँ सरकार बनेपछि मन्त्रालयहरुमा काँग्रेस कर्मचारीको हालिमुहाली छ । प्रगतिशिल बिचार बोक्नेहरु भने लखेटिएका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कर्मचारी व्यवस्थापन तथा सरुवाका विषयलाई लिएर राजनीतिक निकटताका आधारमा कर्मचारीलाई प्राथमिकता दिइएको छ ।
मन्त्रालयमा लामो समयदेखि नेपाली कांग्रेसनिकट कर्मचारीहरूको प्रभाव बढ्दै गएको र पछिल्लो समय केही कर्मचारीको समूह मन्त्रालयमा थप सक्रिय भएको देखिन्छ । स्रोतका अनुसार एकदेव अधिकारी, प्रकाश दाहाल र धोलकराज ढकालसहितका कर्मचारीको समूह मन्त्रालयमा प्रभावशाली बन्दै गएका छन् ।

 

मन्त्रालयमा उच्च तहका कर्मचारी व्यवस्थापनदेखि कर्मचारी सरुवासम्मका निर्णयमा राजनीतिक निकटताको प्रभाव देखिएको छ । फरक राजनीतिक धारसँग निकट मानिएका कर्मचारीलाई पन्छाउँदै कांग्रेसनिकट कर्मचारीलाई मन्त्रालयमा केन्द्रित गरिएको स्पष्ट देखिन्छ ।

 

मन्त्रालयभित्रका कर्मचारीहरूका अनुसार पछिल्लो समय कर्मचारी व्यवस्थापनको नाममा निश्चित समूहलाई संरक्षण गर्ने र असहमत वा फरक धारका कर्मचारीलाई हटाउने प्रवृत्ति बढेको छ । यसले मन्त्रालयको प्रशासनिक निष्पक्षतामाथि प्रश्न उठाएको उनीहरूको भनाइ छ ।

 

केही कर्मचारीले मन्त्रालयलाई प्रशासनिक सुधार र संघीयताको कार्यान्वयन गर्ने प्रमुख निकायभन्दा पनि राजनीतिक प्रभाव विस्तार गर्ने केन्द्रका रूपमा प्रयोग गर्न खोजेका छन् । त्यसको नेतृत्व भ्रष्टाचारमा डामिए पनि प्रधानमन्त्री बालेन शाहको सचिवालयमा रहेका सहसचिव प्रदीप परियारले गरिरहेका छन् । उनी वामपन्थि विचार वोक्ने कर्मचारीका लागि शत्रुवत व्यवहार गर्छन् भने काँग्रेस निकट कर्मचारी उनको प्राथमिकतामा पर्दछन् । विभिन्न मन्त्रालयमा प्रधानमन्त्रको दवाव भन्दै कर्मचारी सरुवामा हात हालेर आर्थिक जाहो पनि गरेको उनीमाथि आरोप छ।

civil hospital
Hams Hospitals