क्यान महासंघमा विवाद चुलियोः लेटरहेड, छाप र दर्ता–चलानी नम्बर दुरुपयोग भएको आरोप

7.9K
shares
Nabil bank

काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को नाम, आधिकारिक लेटरहेड, छाप तथा दर्ता–चलानी नम्बर अनधिकृत रूपमा प्रयोग गरी पत्राचार भइरहेको भन्दै महासंघले गम्भीर आपत्ति जनाएको छ।

महासंघले कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारीको नामबाट विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था तथा सरकारी निकायमा क्यान महासंघको आधिकारिक कागजात प्रयोग गरी पत्राचार भइरहेको जनाएको हो।
महासंघका अनुसार संस्थाको आधिकारिक पत्राचार विधान, संस्थागत निर्णय तथा सचिवालयले निर्धारण गरेको प्रक्रियाअनुसार अधिकारप्राप्त निकायबाट मात्रै हुनुपर्ने व्यवस्था छ। तर, त्यसविपरीत जारी गरिएका पत्र, निर्णय तथा सूचनालाई महासंघले आफ्नो आधिकारिक धारणा वा निर्णय नरहेको स्पष्ट पारेको छ।

महासंघले आफ्नो नाम, लेटरहेड, छाप तथा दर्ता–चलानी नम्बरको अनधिकृत प्रयोग तत्काल बन्द गर्न सम्बन्धित व्यक्ति तथा पक्षलाई चेतावनी दिएको छ।

यस्ता गतिविधि पुनः दोहोरिएमा वा त्यसबाट महासंघको प्रतिष्ठा, संस्थागत अधिकार तथा दैनिक कामकारबाहीमा असर पुगेमा सम्बन्धित व्यक्ति वा पक्षविरुद्ध विधान तथा प्रचलित कानूनबमोजिम आवश्यक संस्थागत र कानुनी कारबाही अघि बढाउने महासंघले चेतावनी दिएको छ।

महासंघले आफ्नो नामबाट आउने पत्राचारका विषयमा समेत सरोकारवालालाई सचेत गराएको छ। महासंघको सचिवालयबाट आधिकारिकता पुष्टि नगरी कुनै पनि पत्र, निर्देशन वा निर्णय कार्यान्वयन नगर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था, सरकारी निकाय, सदस्य संस्था र अन्य सरोकारवालालाई आग्रह गरिएको छ।

क्यान महासंघको नाम र संस्थागत कागजात प्रयोगसम्बन्धी विवाद सार्वजनिक भएपछि महासंघभित्रको संस्थागत प्रक्रिया, अधिकार र निर्णय कार्यान्वयनलाई लिएर समेत प्रश्न उठेको छ। महासंघले भने आधिकारिक निर्णय र पत्राचारका लागि निर्धारित संस्थागत प्रक्रियालाई अनिवार्य रूपमा पालना गर्नुपर्नेमा जोड दिएको छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x