skip this Bajaj motar bike

मोहको घेराबाट आत्मबोधको आकाशसम्म:नियात्रा

138
shares

बिहानै घरबाट निस्किएँ। बाटो परिचित थियो। तर आज त्यो बाटो अपरिचितजस्तो लाग्यो। सडक उही थियो। मानिस उही थिए। घरहरू उही थिए। तर मेरो दृष्टि बदलिएको थियो। म बाहिर हिँडिरहेको थिएँ। वास्तवमा, यात्रा भित्र भइरहेको थियो। आफैँलाई हेर्दै थिएँ। आफैँलाई सोध्दै थिएँ, मानिस आखिर के खोजिरहेको छरु धनरु पदरु प्रतिष्ठारु शक्तिरु सुखरु कि आफूभित्र हराएको कुनै उज्यालोरु प्रश्नले मलाई चुप बनायो। हामी संसार जित्न खोज्छौँ। तर आफ्नै मन जित्न सक्दैनौँ। हामी अरूलाई बदल्न खोज्छौँ। तर आफूलाई बुझ्न समय निकाल्दैनौँ। सायद आत्मिक यात्राको पहिलो पाइला यही हो। बाहिरको बाटोभन्दा पहिले भित्रको बाटो चिन्नु।

मोह निकै सूक्ष्म हुन्छ। त्यो सधैँ लोभको रूपमा देखिँदैन। कहिलेकाहीँ प्रेमको आवरणमा आउँछ। कहिलेकाहीँ प्रतिष्ठाको रूपमा। कहिलेकाहीँ पदको रूपमा। कहिलेकाहीँ सम्बन्धको रूपमा। ‘मेरो’ भन्ने भावना विस्तारै बढ्छ। मेरो घर। मेरो सम्पत्ति। मेरो पद। मेरो परिवार। मेरो विचार। मेरो समूह। अन्ततः ‘मेरो’ यति ठूलो हुन्छ कि ‘हाम्रो’ हराउन थाल्छ। मैले बाटोमा रोकेर आफैँलाई हेरेँ। मोहले वस्तुलाई मात्र बाँध्दैन रहेछ। उसले चेतनालाई पनि बाँध्दो रहेछ। मानिस बाहिर स्वतन्त्र देखिन्छ। तर भित्र अनेक डोरीले बाँधिएको हुन्छ। तीमध्ये सबैभन्दा बलियो डोरी आसक्ति रहेछ। त्यसलाई काट्नु बाहिरी विद्रोह होइन। त्यो अन्तरात्माको साहस हो।

अगाडि बढ्दै गएँ। बाटोमा भीड थियो। सबै मानिस हतारमा थिए। कसैलाई धेरै कमाउनु थियो। कसैलाई माथि पुग्नु थियो। कसैलाई प्रसिद्ध हुनु थियो। कसैलाई शक्ति चाहिएको थियो। मलाई लाग्यो—हामी किन यति दौडिरहेका छौँरु जीवनलाई जित्नरु समयलाई रोक्नरु मृत्युबाट बच्नरु एउटा दिन सबै दौड रोकिन्छ। पद रहँदैन। प्रशंसा रहँदैन। सम्पत्ति रहँदैन। सँगै जाने कुरा अरू नै हुन्छ। कर्म। आचरण। प्रेम। सेवा। अरूको जीवनमा छोडेको उज्यालो। त्यसैले जीवनभर के सङ्कलन गरियो भन्ने प्रश्नभन्दा के बाँडियो भन्ने प्रश्न ठूलो रहेछ। धनभन्दा दया। पदभन्दा प्रतिष्ठित आचरण। अधिकारभन्दा उत्तरदायित्व। यहीँबाट मेरो यात्राले नयाँ अर्थ पायो।

कुरुक्षेत्र सम्झिएँ। अर्जुन सम्झिएँ। उनको हातमा धनुष थियो। मनमा मोह थियो। बाहिर युद्ध थियो। भित्र द्वन्द्व थियो। कर्तव्य र सम्बन्धबीच संघर्ष थियो। श्रीकृष्णको उपदेश त्यही द्वन्द्वको बीचबाट जन्मियो। म सोच्न थालेँ हाम्रो कुरुक्षेत्र कहाँ छरु सायद आफ्नै मनभित्र। हाम्रो युद्ध कहाँ छरु मोह र विवेकबीच। स्वार्थ र कर्तव्यबीच। अहंकार र विनयबीच। लोभ र सन्तोषबीच। द्वेष र करुणाबीच। त्यसैले आत्मिक विद्रोह अरूविरुद्धको विद्रोह होइन। यो आफ्नै अन्धकारविरुद्ध उठेको प्रश्न हो। आफ्नै अहंकारविरुद्ध उठेको साहस हो। आफ्नै स्वार्थविरुद्ध उठेको चेतना हो। गीता कर्मबाट पलायन सिकाउँदैन। आसक्तिरहित कर्म सिकाउँछ। कर्तव्य गर। तर फलको अहंकारमा नबाँधिऊ। यही शिक्षा आज पनि उत्तिकै अर्थपूर्ण लाग्छ।

म एउटा नदीको किनारमा पुगेँ। नदी निरन्तर बगिरहेको थियो। उसले कसैलाई रोकिरहेको थिएन। ढुङ्गा भेट्यो। बग्यो। माटो भेट्यो। बग्यो। किनारा भेट्यो। बाटो बनायो। नदीले आफ्नो पानी आफैँका लागि राखेन। खेतलाई दियो। गाउँलाई दियो। मानिसलाई दियो। जीवनलाई दियो। म धेरैबेर नदी हेर्दै बसेँ। जीवन पनि यस्तै हुनुपर्ने रहेछ। मोहले रोक्छ। स्वार्थले रोक्छ। अहंकारले रोक्छ। ‘मेरो’ले रोक्छ। नदीले मलाई एउटा मौन शिक्षा दियो। बग। बाँड। उपयोगी बन। जति धेरै जम्मा गर्छौँ, उति धेरै गुम्ने डर हुन्छ। जति बाँड्छौँ, उति मन हलुका हुन्छ। सायद त्यही हलुकापन नै आत्मिक स्वतन्त्रता हो।

बाटोमा सीमारेखा देखिए। देशका सीमा। भूगोलका सीमा। प्रशासनका सीमा। यी सीमाको आफ्नै आवश्यकता छ। राज्य चलाउन सीमा चाहिन्छ। कानुन चाहिन्छ। पहिचान चाहिन्छ। तर मनभित्र पनि सीमा चाहिन्छ ररु प्रश्न उठ्यो। राष्ट्र फरक हुन सक्छ। भाषा फरक हुन सक्छ। संस्कृति फरक हुन सक्छ। धर्म फरक हुन सक्छ। तर पीडारु आँसुरु भोकरु प्रेमरु मृत्युरु यी त साझा छन्। आकाशले नागरिकता सोध्दैन। हावाले धर्म सोध्दैन। पानीले जात सोध्दैन। सूर्यले सीमा सोध्दैन। प्रकृतिको यस्तो विशाल समभाव देखेर म चुप भएँ। भौतिक सीमा व्यवस्थाका लागि आवश्यक हुन सक्छ। तर चेतनाको सीमा मानवताका लागि घातक हुन सक्छ। सायद यहीँबाट विश्वबन्धुत्वको विचार सुरु हुन्छ।

मलाई संसारको नक्सा सम्झना भयो। कागजमा अनेक रेखा थिए। राष्ट्रका रेखा। प्रदेशका रेखा। क्षेत्रका रेखा। तर आकाशमा कुनै रेखा थिएन। हावामा कुनै सीमा थिएन। समुद्रले पासपोर्ट माग्दैन। बादलले भिसा खोज्दैन। सूर्यले परिचयपत्र हेर्दैन। अनि मानिसले किन यति धेरै पर्खाल बनायोरु राष्ट्रका नाममा। जातका नाममा। धर्मका नाममा। भाषाका नाममा। वर्गका नाममा। हाम्रो समस्या केवल भौतिक सीमा होइन रहेछ। चेतनाका सीमाहरू अझ गहिरा रहेछन्। ‘म’ र ‘तिमी’। ‘हामी’ र ‘उनीहरू’। यही विभाजनबाट पूर्वाग्रह जन्मिन्छ। पूर्वाग्रहबाट दूरी। दूरीबाट अविश्वास। अनि अविश्वासबाट द्वेष। आत्मिक विद्रोहले यही मानसिक पर्खाल भत्काउन आग्रह गर्छ।

एउटा गाउँमा एक वृद्ध भेटिए। उहाँ चुपचाप बसिरहनुभएको थियो। मैले नमस्कार गरेँ। उहाँ मुस्कुराउनुभयो। धेरै दर्शन सुनाउनुभएन। एउटा सरल कुरा मात्र भन्नुभयो—“मन सफा राख्नू।” म अघि बढेँ। तर ती शब्दहरू मेरो साथमा आए। मन सफा राख्नु। कति छोटो वाक्य। कति ठूलो अर्थ। हामी घर सफा गर्छौँ। कार्यालय सफा गर्छौँ। बाटो सफा गर्छौँ। तर मनरु त्यहाँ बसेको ईर्ष्या कसरी हटाउनेरु द्वेष कसरी हटाउनेरु घृणा कसरी हटाउनेरु लोभ कसरी घटाउनेरु अहंकार कसरी झुकाउनेरु सायद आत्मिक साधना यही हो। ध्यान। योग। प्रार्थना।

आत्मचिन्तन। यी सबै बाहिरी कर्म मात्र होइनन्। यी आफैँभित्र फर्किने बाटा हुन्। संसार बुझ्न हामी धेरै पढ्छौँ। तर आफूलाई बुझ्न कति पढ्छौँरु अरूको कमजोरी खोज्न समय दिन्छौँ। आफ्नै कमजोरी हेर्न कति समय दिन्छौँरुमोरङतिर फर्कँदा मलाई लाग्यो—यो प्रश्न व्यक्तिगत मात्र होइन। सार्वजनिक जीवनसँग पनि जोडिएको छ। स्वार्थ जब संस्थाभित्र पस्छ, नैतिकता कमजोर हुन्छ। व्यक्तिगत लाभ सार्वजनिक हितभन्दा ठूलो बन्छ। भ्रष्टाचारको सम्भावना बढ्छ। विश्वास घट्छ। सेवा कमजोर हुन्छ। त्यसैले आत्मिक अनुशासन व्यक्तिगत साधना मात्र होइन।

यो सार्वजनिक नैतिकताको आधार पनि हो। कर्तव्यमा निष्ठा चाहिन्छ। निर्णयमा विवेक चाहिन्छ। शक्तिमा संयम चाहिन्छ। पदमा विनय चाहिन्छ। सम्पत्तिमा मर्यादा चाहिन्छ। प्रशासनमा निष्पक्षता चाहिन्छ। सार्वजनिक सेवामा उत्तरदायित्व चाहिन्छ। आत्मिक चेतना कार्यालयको भित्तामा टाँसिने नारामात्र होइन। त्यो निर्णय गर्ने मानिसको अन्तरात्मामा बस्नुपर्छ। त्यहाँबाट नै सुशासनको नैतिक आधार बलियो हुन्छ।

म आफैँलाई सोध्छु आत्मिक विद्रोहको अर्थ के होरु के संसार त्याग्नु होरु होइन। कर्तव्य त्याग्नु होरु होइन। परिवार छोड्नु होरु होइन। सम्पत्ति नहुनु होरु त्यो पनि होइन। आत्मिक विद्रोहको अर्थ सम्बन्धमा रहेर पनि मोहको दास नहुनु हो। सम्पत्तिमा रहेर पनि स्वार्थको कैदी नहुनु हो। पदमा रहेर पनि अहंकारमा नडुब्नु हो। शक्तिमा रहेर पनि संयमित हुनु हो। सफल भएर पनि विनम्र रहनु हो। यहीँ आध्यात्मिकता व्यवहारमा आउँछ। साँचो साधना हिमालको गुफामा मात्र हुँदैन। कार्यालयमा पनि हुन्छ। निर्णयमा पनि हुन्छ। व्यवहारमा पनि हुन्छ। कसैलाई अन्याय नगर्नु पनि साधना हो। कमजोरको सम्मान गर्नु पनि साधना हो। आफ्नो अधिकारसँगै अरूको अधिकार स्वीकार गर्नु पनि साधना हो।

संसारतिर हेर्दा मन भारी हुन्छ। युद्धका समाचार आउँछन्। द्वन्द्वका समाचार आउँछन्। विस्थापनका समाचार आउँछन्। मानिसहरू एकअर्कासँग डराइरहेका छन्। शक्ति र प्रभुत्वको संघर्ष जारी छ। मलाई लाग्छ युद्धको जरा त्यसको जरा चेतनामा हुन्छ। लोभमा हुन्छ। प्रभुत्वको इच्छामा हुन्छ। अपमानको स्मृतिमा हुन्छ। प्रतिशोधमा हुन्छ। त्यसैले शान्ति युद्ध रोक्ने सम्झौता होइन। शान्ति चेतनाको विषय हो। थप हतियारले सुरक्षा दिन सक्छ। तर स्थायी सद्भावका लागि विश्वास चाहिन्छ। संवाद चाहिन्छ। न्याय चाहिन्छ। करुणा चाहिन्छ। मानवताको साझा चेतना चाहिन्छ। बाहिरको युद्ध रोक्नुअघि भित्रको युद्ध पनि रोक्नुपर्छ। मनमा द्वेष राखेर विश्वशान्तिको सपना अधुरो हुन्छ।

म फेरि आकाशतिर हेर्छु। त्यहाँ कुनै पर्खाल छैन। कुनै काँडेतार छैन। कुनै विभाजन छैन। मलाई लाग्छ मानवताको भविष्य पनि यस्तै खुला हुनुपर्छ। राष्ट्रको पहिचान रहोस्। संस्कृतिको मौलिकता रहोस्। भाषाको गरिमा रहोस्। धर्मको स्वतन्त्रता रहोस्। तर मानवता यी सबैभन्दा ठूलो साझा आधार बनोस्। हामी फरक घरमा बस्न सक्छौँ। तर एउटै पृथ्वीमा बस्छौँ। फरक भाषा बोल्न सक्छौँ। तर आँसुको भाषा एउटै छ। फरक संस्कृति अपनाउन सक्छौँ। तर प्रेमको आवश्यकता एउटै छ। यही अनुभूति विश्वबन्धुत्वको आधार हो। मानवता कमजोर हुँदा कुनै सीमा सुरक्षित रहँदैन। मानवता बलियो हुँदा भिन्नता पनि सुन्दर हुन्छ। त्यसैले समानता भनेको सबैलाई एउटै बनाउनु होइन। भिन्नताबीच सम्मान खोज्नु हो।

यात्रा अब भित्रतिर मोडियो। मैले आफ्नै चेतनाका सीमाहरू खोज्न थालेँ। अहंकार, आग्रह,पूर्वाग्रह, सुविधा, स्वार्थ, प्रतिस्पर्धा, प्रशंसाको चाहना यी सबै मेरा अदृश्य पर्खाल रहेछन्। मैले अरूको पर्खाल देखेको थिएँ। आफ्नो देखेको रहेनछु। त्यो अनुभूति कठोर थियो। तर आवश्यक पनि। मैले आफैँलाई भनेँ अरूलाई बदल्नुअघि आफूलाई बदल। अरूको दोष गन्नुअघि आफ्नै दोष हेर। अरूबाट क्षमा माग्नुअघि आफूभित्र क्षमाको ठाउँ बनाऊ। अरूलाई सम्मान गर्नुअघि आफ्नो अहंकार घटाऊ। यहीँबाट आत्मिक विद्रोहको वास्तविक सुरुवात हुन्छ। यो विद्रोह घोषणा गर्दैन। प्रदर्शन गर्दैन। यो मौन हुन्छ। तर गहिरो हुन्छ। एउटा मानिस आफूभित्र बदलिँदा उसको व्यवहार बदलिन्छ। व्यवहार बदलिँदा सम्बन्ध बदलिन्छ। सम्बन्ध बदलिँदा समाज पनि बदलिन सक्छ।

साँझ पर्दै थियो। आकाश सुनौलो हुँदै थियो। मलाई लाग्यो चेतना पनि सूर्यजस्तै हो। बादलले छोप्न सक्छ। तर सूर्य हराउँदैन। मोहले चेतना ढाक्न सक्छ। स्वार्थले ढाक्न सक्छ। अहंकारले ढाक्न सक्छ। तर भित्रको प्रकाश पूर्णतः मर्दैन। त्यसलाई फेरि उज्यालो बनाउनुपर्छ। एउटा दीप चाहिन्छ। विवेकको दीप। करुणाको दीप। सत्यको दीप। संयमको दीप। प्रेमको दीप। जब यो दीप बल्छ, मोह कमजोर हुन्छ। स्वार्थ सानो हुन्छ। अहंकार झुक्छ। द्वेष पग्लिन्छ। मानिसको दृष्टि फराकिलो हुन्छ। तब ऊ केवल आफूलाई देख्दैन। अरूलाई पनि देख्छ। केवल आफ्नो सुख खोज्दैन। अरूको पीडा पनि बुझ्छ। केवल आफ्नो अधिकार सम्झँदैन। आफ्नो उत्तरदायित्व पनि सम्झन्छ। यही नै आत्मिक जागरण हो। यही नै मौन क्रान्ति हो।

रात परिसकेको थियो। म घर फर्किएँ। तर यात्रा सकिएको थिएन। बाहिरको बाटो समाप्त भयो। भित्रको बाटो अझै बाँकी थियो। मैले एउटा सानो संकल्प लिएँ। पदलाई प्रतिष्ठा होइन, उत्तरदायित्वका रूपमा हेर्नेछु। सम्पत्तिलाई स्वामित्व मात्र होइन, साधनका रूपमा बुझ्नेछु। सम्बन्धलाई मोह होइन, प्रेमका रूपमा जोगाउनेछु। असहमतिलाई शत्रुता बनाउनेछैन। भिन्नतालाई दूरी बनाउनेछैन। आफ्नो ‘म’लाई विस्तार गर्दै ‘हामी’सम्म पुर्‍याउने प्रयास गर्नेछु।

अब मलाई बुझियो मोहको विरुद्धको विद्रोह संसार छोड्नु होइन। स्वार्थको विरुद्धको विद्रोह सम्पत्ति त्याग्नु मात्र होइन। यो चेतनाको विस्तार हो। ‘म’बाट ‘हामी’तिरको यात्रा हो। अहंकारबाट विनयतिरको यात्रा हो। लोभबाट सन्तोषतिरको यात्रा हो। द्वेषबाट करुणातिरको यात्रा हो। भौतिक सीमाको सम्मान गर्दै चेतनाका सीमाहरू भत्काउने यात्रा हो। यही आत्मिक यात्रा हो। यही मानवताको यात्रा हो। र सायद यही जीवनको सबैभन्दा कठिन, तर सबैभन्दा सुन्दर विद्रोह पनि हो।

 

civil hospital
Hams Hospitals