skip this Bajaj motar bike

लघुकथा:पिए

132
shares

एउटा व्यापारीको करमा परेर मन्त्रालय जाँदैछु ।
ऊ पहिले कारोबारमा थियो; तीनचार वर्ष घरधन्दामा अल्जियो । अहिले फेरि पहिले जस्तै पाँचको माल ल्याई पचपन्नमा बेचेर देशसेवामा लाग्ने हतारोमा छ; आयातनिर्यातको लाइसेन्स लिन चाहन्छ ।
म जान्ने बन्नुपर्ने दवावमा छु । उसलाई सम्झाउँदैछु– “पहिले पिएसंग कुरा मिलाउनु पर्छ; अनि मात्र…”
यताका कुरा उसलाई केही थाहा छैन कि क्या’ हो !  भन्छ– “पिए के हुन्छ ?”
पिए पनि थाहा छैन ।
व्यापारी हो; सामान पास गराएको त होला नि ! उसकै लाइनको कुरा गर्दा बुझ्ला कि–  “पीए भनेको मन्त्रालयको ‘गेट’ हो । विदेशबाट सामान ल्याउँदा भन्सार पास गराउनु पर्छ भन्ने त थाहा होला नि; तँलाई?”
उसले ओठ लेप्रायो ।
लौ, यसलाई त भन्सार पनि पो थाहा रहेनछ । कसरी चल्छ हौं– यस देशमा व्यापार ? तेत्रो वर्षसम्म कसरी चलायो– यसले कारोबार ?
धेरैबेर सोचेपछि एक्कासी अन्तरदृष्टि खुलेछ– “ओ; पैसा बुझाउने ठाउँ!”
बल्ल लाइनमा आयो ।
सोध्छ– “पिए भनेको भन्सार हो ? पैसाको कुरा मिलाउने ठाउँ हो ?”
मैले सकिनँ : यतिखेर नेपाली समाज सुशासनको कामनामा गम्भीर/एकाग्र छ; सरकार पनि ‘सुशासन कायम गर्छु’ भन्दैछ । यस्तो अवस्थामा ‘पिए भनेको पैसा बुझाउने ठाउँ हो’ भनेर म कसरी भन्न सकिन्छ! मैले सकिनँ ।

civil hospital
Hams Hospitals