दशैंको मुखमा मिल्सबेरी स्कुलको बिल आतंकः पढाइ नै नभई दुई महिनाको बिल

1.2K
shares
Nabil bank

काठमाडौं । काठमाडौंस्थित मिल्सबेरी इन्टरनेशनल स्कुलले पढाइ नभएको बिदाको अवधिसहित अक्टोबर र नोभेम्बर महिनाको बिल एकैपटक पठाएपछि अभिभावकहरू असन्तुष्ट बनेका छन् ।

दशैंको मुखमा स्कुलले आगामी नोभेम्बर महिनासमेत समेटेर तत्काल शुल्क भुक्तानी गर्न सन्देश पठाएको एक अभिभावकले बताए । चाडपर्वका कारण लामो बिदा हुने समयमा दुई महिनाको बिल एकैपटक पठाइएपछि अभिभावकहरूलाई आर्थिक भार थपिएको उनीहरूको गुनासो छ ।

विशेषगरी विद्यार्थीले विद्यालयमा खाना नखाने बिदाको अवधिको समेत खाना शुल्क बिलमा समावेश गरिएको भन्दै अभिभावकहरूले प्रश्न उठाएका छन् । प्रिस्कुल तहका विद्यार्थीका लागि मात्रै मासिक ४ हजार २ सय रुपैयाँसम्म खाना शुल्क लिइँदै आएको छ ।

 

‘बिदामा बच्चा विद्यालय जाँदैन र खाना पनि खाँदैन भने त्यस अवधिको खाना शुल्क किन तिर्ने ?’ एक अभिभावकले प्रश्न गरे ।

अभिभावकहरूले अध्ययन शुल्कबारे भन्दा पनि सेवा नै प्रयोग नगरेको अवधिको खाना शुल्क असुलीप्रति आपत्ति जनाएका छन् । शुल्कसम्बन्धी गुनासो राख्ने प्रभावकारी माध्यमसमेत नपाएको उनीहरूको भनाइ छ ।

civil hospital
Hams Hospitals