प्रहरी प्रमुख दानबहादुर विरुद्ध अध्ययन गर्न खगेन्द्र सुनार सदस्य रहेको लेखा समितिको उपसमिति गठन
वि.सं.२०८३ असोज १६ शुक्रवार
228
shares
shares
काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले निर्वाचन प्रहरीका लागि खरिद गरिएको पोशाकबारे अध्ययन गर्न उपसमिति गठन गरेको छ।
समितिको शुक्रबार बसेको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाको नेतृत्वमा नौ सदस्यीय उपसमिति गठन गरेको हो। उपसमितिलाई अध्ययन तथा आवश्यक छानबिनका लागि दुई महिनाको समयसीमा दिइएको छ।
उपसमितिका सदस्यमा सांसदहरू ऐन महर, योगेश गौचन थकाली, आरेन राई, खगेन्द्र सुनार, खुश्बु ओली, रमेशकुमार मल्ल, गणेश धिमाल र महेन्द्रबहादुर शाही रहेका छन्।
उपसमितिले निर्वाचन प्रहरीको पोशाक खरिद प्रक्रियासहित त्यससँग सम्बन्धित विषयमा अध्ययन गरी सार्वजनिक लेखा समितिमा प्रतिवेदन पेस गर्नेछ।






























