हेटौँडा–सिस्नेरी–फर्पिङ सडकमा टाइम कार्ड लागू, कुन खण्ड पार गर्न कति समय लाग्छ ?

232
shares
Nabil bank

 

 

हेटौँडा । सवारी दुर्घटना न्यूनीकरण तथा सार्वजनिक सवारीसाधनको गति नियन्त्रण गर्ने उद्देश्यले मकवानपुरमा आजदेखि ‘टाइम कार्ड’ प्रणाली लागू गरिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौँडादेखि भैँसे, भीमफेदी, कुलेखानी हुँदै फर्पिङबाट काठमाडौं जाने सडकखण्डमा सञ्चालन हुने सवारीसाधनका लागि टाइम कार्ड लागू गरेको हो ।

 

मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामबहादुर खत्रीका अनुसार सवारीसाधनलाई निर्धारित समयभित्र सुरक्षित रूपमा गन्तव्यतर्फ अघि बढाउन तथा तीव्र गतिका कारण हुन सक्ने दुर्घटना न्यूनीकरण गर्न यो व्यवस्था लागू गरिएको हो ।

 

दशैंको शुभकामना व्यक्त गर्दै एसपी खत्रीले सार्वजनिक सवारीसाधनका चालकलाई सुरक्षित यात्रा सुनिश्चित गर्न, ट्राफिक नियमको पालना गर्न र निर्धारित गतिमा मात्र सवारी चलाउन आग्रह गरेका छन् । यात्रुको जीवन सुरक्षालाई प्राथमिकतामा राख्दै समयमै गन्तव्यमा पुग्ने होडमा लापरबाही नगर्न उनले चालकलाई विशेष सन्देश दिएका छन् ।

 

टाइम कार्डअनुसार सडकखण्ड पार गर्न लाग्ने समय

 

प्रहरीले लागू गरेको टाइम कार्डअनुसार विभिन्न सडकखण्ड पार गर्न निम्न समय निर्धारण गरिएको छ ।

 

हेटौँडा देखि भैँसेसम्म : २५ मिनेट

 

भैँसे देखि भीमफेदीसम्म : ३० मिनेट

 

भीमफेदी देखि कुलेखानीसम्म : ४० मिनेट

 

कुलेखानी देखि फर्पिङसम्म : ४५ मिनेट

 

निर्धारित समयअनुसार सवारीसाधन सञ्चालन गर्दा चालकले तीव्र गतिमा सवारी चलाउने प्रवृत्तिमा कमी आउने र दुर्घटनाको जोखिम न्यूनीकरण हुने प्रहरीको अपेक्षा छ ।

 

टाइम कार्ड लागू गर्ने कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एसपी श्यामबहादुर खत्री, जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रमेश विष्ट, नेपाल पत्रकार महासङ्घ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी तथा सम्बन्धित प्रहरी चौकीका इन्चार्जलगायतको उपस्थिति रहेको थियो ।

 

प्रहरीले चाडपर्वका समयमा यात्रुको चाप बढ्ने भएकाले चालकलाई संयमित भएर सवारी चलाउन, ट्राफिक नियमको पूर्ण पालना गर्न र यात्रुको सुरक्षामा विशेष ध्यान दिन आग्रह गरेको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x