महिलाको हत्यामा संलग्न चार जना पक्राउ

522
shares
Nabil bank

 

भैरहवा । रुपन्देहीमा एक महिलाको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । कोटहीमाई गाउँपालिका–५ स्थित छोटकी मझगाँवाकी ४१ वर्षीय जुबेदा भन्ने जोबेदा खातुन धोबीको हत्यामा संलग्न रहेको अभियोगमा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रहरी निरीक्षक चन्द्र किशोर शाहका अनुसार कार्तिक १२ गते बिहान अन्दाजी ११ बजे कोटहीमाई–६ र ७ को बिचमा रहेको धान खेतमा जुबेदालाई टाउकोमा कोदालोको बिडले प्रहार गरी घाँटीमा हसियाले घोपी हत्या गरी कानमा भएको सुनहरु लुटिएको थियो ।

घटनाको अनुसन्धानको लागि कोटहीमाई–६ खजनी चोकका ४० वर्षीय बैजनाथ यादव, ३० वर्षीय प्रमोद कुमार कुर्मी, सोही वडाको बोगडीका २६ वर्षीय मन्जे हरिजन र मर्चवारीका ३५ वर्षीय धर्मराज यादवलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका व्यक्तिहरूलाई रुपन्देही जिल्ला अदालतमा पेस गरिएकोमा अदालतबाट ज्यान, करणी र चोरी तथा डाँकासम्बन्धी कसुरमा अनुसन्धान गर्न म्याद थप भएको र आवश्यक अनुसन्धान जारी रहेको प्रहरी निरीक्षक शाहले जानकारी दिए ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x