यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर
वि.सं.२०८३ कात्तिक ३० सोमवार
shares
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ४९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ०९ पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ८८ पैसा र बिक्रीदर १६६ रुपैयाँ ५४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९८ रुपैयाँ ९० पैसा र बिक्रीदर १९९ रुपैयाँ ६९ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १७९ रुपैयाँ ३८ पैसा र बिक्रीदर १८० रुपैयाँ ०९ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर १०१ रुपैयाँ ९१ पैसा र बिक्रीदर १०२ रुपैयाँ ३२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ ४६ पैसा र बिक्रीदर १०५ रुपैयाँ ८८ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११६ रुपैयाँ ८५ पैसा र बिक्रीदर ११७ रुपैयाँ ३२ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ ४२ पैसा र बिक्रीदर नौ रुपैयाँ ४६ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ५६ पैसा र बिक्रीदर २२ रुपैयाँ ६५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ १० पैसा र बिक्रीदर ४० रुपैयाँ २६ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ३० पैसा र बिक्रीदर ४१ रुपैयाँ ४७ पैसा कायम भएको छ ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ ।
































