निर्वाचनको लागि आवश्यक पर्ने सामाग्रीहरु जिल्लामा पठाउन सुरु
वि.सं.२०७९ वैशाख ८ बिहीवार
2.2K
shares
shares
निर्वाचन आयोगले यहिँ वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि आवश्यक पर्ने सामाग्रीहरु जिल्लाहरुमा पठाउन सुरु गरेकाे छ ।
आजबाट निर्वाचन सामाग्री जिल्लाहरुमा पठाउन सुरु गरिएको निर्वाचन आयोगजले बताएको हाे ।
निर्वाचन आयोगले आजैदेखि जिल्लाहरुमा निर्वाचन सामाग्री पठाउन थालेको छ । मुगु, बाजुरा, अछाम, जाजरकोट, ताप्लेजुङ, सोलुखुम्बु र काठमाडौंका लागि आवश्यक पर्ने निर्वाचन सामाग्री पठाउदै छ ।
त्यस्तै, अन्य जिल्लामा पनि क्रमशः निर्वाचन सामाग्री पठाउने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज आयोजित पत्रकार सम्मेलनमा मार्फत जानकारी दिएका हुन् ।



























