नेपालगञ्ज उपमहानगरपालिकामा माओवादी केन्द्र एक्लै चुनाव लड्ने

3.6K
shares

नेपालगञ्ज । स्थानीय तहको निर्वाचनमा नेपालगञ्ज उपमहानगरपालिकामा नेकपा माओवादी केन्द्र एक्लै निर्वाचन लड्ने भएको छ ।

पाँच दलीय सत्तारुढ गठबन्धनमा सम्मिलित माओवादीलाई मेयर र उपमेयर पद नपरेपछि नेपालगञ्ज उपमहानगरपालिकामा नेकपा माओवादी केन्द्र एक्लै निर्वाचन लड्ने भएको हाे ।

बाँके जिल्ला अध्यक्ष रतन शाहीले शनिबार पत्रकार सम्मेलन गरी निर्वाचन एक्लै लड्ने जानकारी दिएका हुन्।

उनले विज्ञप्तिमा भनेका छन्, ‘गठबन्धनको मूल स्पिरिटविपरीत वडाहरुमा एक्लाएक्लै चुनावी प्रतिस्पर्धामा जाने भनिसकेपछि नेपालगन्ज उपमहानगरपालिकामा गठबन्धनको औचित्य समाप्त भएकाले हाम्रो पार्टी नेकपा माओवादी केन्द्र आसन्न वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनमा प्रमुख, उपप्रमुख पदसहित २३ वटै वडामा एकल प्रतिस्पर्धा गर्ने घोषणा गर्दछौँ ।’

civil hospital
Hams Hospitals