गोरखामा नेपाली कांग्रेस एक्लै चुनाव लड्ने
वि.सं.२०७९ वैशाख ११ आइतवार
1.3K
shares
shares
काठमाडौं । गोरखामा स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले एक्लै लड्ने भएको छ ।
गठबन्धनमा आबद्ध अन्य दलहरुसँग सहमति हुन नसकेपछि कांग्रेस गठबन्धनबाट बाहिरिएर एक्लै लड्न लागेको हाे ।
गठबन्धनमा आबद्ध दलहरुसँग तालमेलको विषयमा सहमति नभएपछि नेपाली कांग्रेस गोरखाले पत्रकार सम्मेलन गर्दै गठबन्धनबाट बाहिरिएको हो । कांग्रेस गठबन्धनबाट बाहिरिए पनि अन्य दलहरुले भने तालमेल गरेर जाने भएका छन् ।





























