सुनिता डगोलको प्रतिवद्धता सार्वजनिक

37.7K
shares
Nabil bank

काठमाडौं। वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनकालागि यस अघि नै मैले काठमाडौं महानगरपालिकाबाट मेयर पदका लागि उम्मेदवारी दिने घोषणा गरेको विदितै छ । मेयर पदको मेरो घोषणालाई आम मतदाता र शुभेच्छुकले देखाएको अनन्त स्नेहले मलाई प्रफुल्लित मात्रै होइन म जन्मेको माटो र हुर्केको ठाउँका लागि केही गर्नुपर्छ भन्ने अदम्य आँट , हिम्मत , उत्साह र थप साहस प्राप्त भएको छ ।

त्यति मात्रै होइन काठमाडौंलाई सुन्दर र व्यवस्थित सहर बनाउने मेरो सपनालाई मूर्तरुप प्रदान गर्न युवाहरु लगायत आम काठमाडौंबासीहरुको भरपर्दो साथ , सहयोग र समर्थन छ र हुनेछ भन्ने मेरो अपेक्षा पनि थप बलियो बन्दै गएको छ । म प्रति अथाह स्नेह राख्ने मतदाता र शुभेच्छुकका लागि मैले इमान्दारीतापूर्वक भन्नै पर्ने हुन्छ राजनीतिमा मेरो यो पहिलो खुट्किलो हो । मैले राजनीतिकै माध्यमबाट क लामो यात्रा तय गरेर जनताको सेवा गर्दै जानु पर्दछ ।

मैले पटक पटक भनेकी थिएँ म बहुदलीय व्यवस्थामा विश्वास गर्ने नागरिक हुँ । त्यसैले मैले मेयर पदमा उम्मेदवारी घोषणा गर्दै गर्दा पनि युवाको आवाज बुझ्ने , साँस्कृतिक – सामाजिक अभियन्ताको आवाज बुझ्ने दलसँग सहकार्य गर्न सकिन्छ भन्दै साना ठूला पार्टीसँग मेरो निरन्तर रुपमा सम्पर्क भैरहेको तथ्य प्रष्ट भनेकी थिएँ । यो दौरानमा मैले विज्ञताको कदर गर्ने , अनुभवीहरुलाई सम्मान गर्ने र युवाका आवाजलाई समेटेर समृद्ध नेपाल , सुखी नेपालीको आकांक्षा पूरा गर्ने प्रष्ट लक्ष्य सहित अघि बढेको तथा जनताको लोकप्रिय पार्टीका रुपमा नेकपा ( एमाले ) लाई पाएँ । वास्तवमै मेरो उद्देश्य काठमाडौंलाई सांस्कृतिक नगर तथा राजधानी सहरको रुपमा साँचिकैको काठमाडौं बनाउने हो । त्यसैले यो पटक मैले पदलाई भन्दा मेरो लक्ष्यलाई ठूलो ठान्दै नेकपा ( एमाले ) र सो पार्टीका आदरणीय अध्यक्ष तथा शीर्ष नेतृत्व तहको म प्रतिको विश्वासलाई स – धन्यवाद सहित हार्दिक आभार व्यक्त गर्दै म नेकपा ( एमाले ) को तर्फबाट उप – मेयरको उम्मेदवार बन्ने निर्णय गरेकी हुँ । नेकपा ( एमाले ) जस्तो दर्विलो संगठन भएको जनतालाई मनपर्ने सवैभन्दा ठूलो पार्टीले मलाई विश्वास गरेर उप – मेयरको जिम्मेवारी दिनु भनेको मलाई मात्रै होइन युवा , महिला , सामाजिक – साँस्कृतिक अभियन्ता लगायत सम्पूर्ण काठमाडौँबासीहरुको भावना सबैको प्रतिनिधित्व हुने गरी युवाहरुलाई उपहारको रुपमा प्रदान गरेको अवसर हो भन्ने मैले ठानेकी छु । यो मलाई प्रतिनिधि पात्रका रुपमा उभ्याएर पार्टीले म जस्ता क्रियाशील युवाहरु , म जस्ता दक्ष महिलाहरु , सामाजिक – साँस्कृतिक अभियन्ताहरु सवैलाई गरेको सम्मान हो । अहिले उप – मेयर पदको उम्मेदवार बन्दै गर्दा मात्रै होइन तपाईहरुकै माया र आर्शीवादले निर्वाचन जितेर आउँदै गर्दा पनि म तपाईहरुले म माथि गरेको विश्वार र भरोसालाई कुठराघाट गर्ने छैन । तपाईहरु सबैको शीर कहिल्यै पनि झुक्न दिने छैन । तसर्थ यो प्रतिबद्धता व्यक्त गर्दै म आदरणीय सम्पूर्ण जनसमुदायलाई सूर्य चिन्हमा मतदान गरी नेकपा ( एमाले ) को सबै उम्मेदवारहरुलाई अत्यधिक मतले विजय गराउन अनुरोध गर्दछु । धन्यवाद । सुनिता डंगोल उपमेयर पदको उम्मेदवार काठमाडौँ महानगरपालिका

civil hospital
Hams Hospitals