चुनाव नजिकिएसँगै बढ्यो हवाई भाडा

2.3K
shares

काठमाडौं । स्थानीय तहको चुनाव नजिकिएसँगै हवाई यात्रु बढेका छन् । चुनावी सरगर्मी बढेसँगै मानिसहरूको आवतजावत बढ्दा हवाई यात्रु बढेका हुन् ।

साथै, पछिल्लो समय कोरोना प्रभाव नगन्य हुँदा आन्तरिक तथा विदेशी पर्यटक बढ्दा पनि हवाई यात्रु बढेका हुन् । यात्रु बढेसँगै हवाई कम्पनीहरूले जहाज पूर्ण क्षमतामा चलाउन थालेका छन् । अहिले अधिकांश गन्तव्यको अकुपेन्सी झन्डै शतप्रतिशत रहेको एयरलाइन्स कम्पनीहरू बताउँछन् ।

यात्रुको चाप बढेसँगै हवाई भाडादर पनि वृद्धि भएको छ। हवाई भाडा सार्वजनिक यातायात (बस, माइक्रो)को जस्तो निश्चित नहुने र यात्रुको चापको आधारमा तय हुने भएकाले यात्रु बढ्दा भाडा पनि बढेको हो ।

सामान्य अवस्थामा २ देखि २ हजार ५०० रुपैयाँसम्म पाइने काठमाडौं पोखराको भाडा अहिले ४ हजार २४५ देखि ६ हजार १४५ रुपैयाँसम्म पुगेको छ ।

त्यसैगरी, सामान्य अवस्थामा ६ हजारदेखि ८ हजारसम्म पाइने काठमाडौँ–धनगढीको भाडादर अहिले ७ हजारदेखि १५ हजार २२० रुपैयाँसम्म पुगेको छ ।

त्यस्तै, काठमाडौँ– भरतपुरको न्यूनतम भाडा ३७२५ रुपैयाँदेखि अधिकतम ४३२५ पुगेको छ ।यसैगरी, ३ हजार ५०० हाराहारी रहेको काठमाडौं–नेपालगञ्जको भाडा ५ हजार ३०० देखि १२ हजार ५७० रुपैयाँ पुगेको छ ।

यस्तै, काठमाडौं–भैरहवा ३ हजार ७५० देखि ७ हजार ६७५ सम्म, विराटनगर ४ हजार ३०० देखि ९ हजार ८५ सम्म, काठमाडौं–लुक्ला ५ हजार ८७० देखि ९ हजार ४१०, पोखरा–जोमसोम ५ हजार ५४ देखि ७ हजार ५४ रुपैयाँसम्म पुगेको छ।

त्यस्तै, नेपालगञ्ज–ताल्चाको भाडा ७ हजार ३४० देखि ९ हजार ८९५ सम्म, नेपालगञ्ज–जुफाल ६ हजार६६५ देखि ९ हजार ८१५ रुपैयाँसम्म पुगेको एयरलाइन्स कम्पनीहरूले जनाएका छन् ।

civil hospital
Hams Hospitals