काँग्रेसले नजितेको ठाँउमा पैसा पठाउँदैनौः आरजु राणा

2.9K
shares

काठमाडौं । प्रधानमन्त्री पत्नी आरजु राणाले काँग्रेस सभापति समेत रहेका शेर बहादुर देउवाको गृहजिल्ला पुगेर विवादास्पद अभिव्यक्ति दिएकी छन्।

कांग्रेस र माओवादीसहितको संयुक्त सभालाई डडेल्धुरामा सम्बोधनका क्रममा उनले कांग्रेसले मेयर नजितेको ठाउँमा पैसा नपठाउने पनि चेतावनी दिएकी छन्।

‘कांग्रेसको मेयर नै हुनुहुन्न भने हामीले किन पैसा पठाउँछौँ?’, प्रधानमन्त्री शेरबहादुर देउवा पत्नीले भनिन्, ‘त्यसैले यो कुरालाई तपाईंहरुले ध्यान दिनुहोला। करुवा-सरुवा-हरुवा पार्टीहरूलाई भोट नहाल्नु होला, कांग्रेसको मेयर नभएको ठाउँमा पैसा पठाउनु जरुरी छैन।’

उनले सम्बोधनका क्रममा कांग्रेसबाट विद्रोह गरे डडेल्धुराका सबै पालिकामा नेपाली कांग्रेस बीपी खडा गरेर चुनावमा होमिएका पूर्व जिल्ला सभापति कर्ण मल्लप्रति पनि कटाक्ष गरिन्।

civil hospital
Hams Hospitals