चुनावमा घर जानेहरुको लर्को (फोटो फिचर)
वि.सं.२०७९ वैशाख २८ बुधवार
1.8K
shares
shares
काठमाडौं । मुलुक स्थानीय तहको निर्वाचनमय भएसँगै काठमाडौं उपत्यकासहित सहरमा अस्थायी बसोबास गर्दै आएकाहरू मतदानका लागि गाउँघर हिँडन थालेका छन् ।
३० वैशाखमा मतदान हुँदैछ । त्यसअघि विद्यालय बन्द हुनुका साथै मतदानका दिन सार्वजनिक बिदा परेपछि आममतदाता थातथलो लागेका हुन् । काठमाडौं उपत्यकाबाट बाहिरिने सवारीसाधन यात्रुले कोचाकोच हुने गरेका छन् ।


























