सनराइज बैंक अगाडि बम विष्फोट
वि.सं.२०७९ वैशाख २९ बिहीवार
2.1K
shares
shares
बुटवल । बुटवलमा बुधबार साँझ बम विष्फोट भएको छ । बुटवलको मिलनचोकस्थित सनराइज बैंक अगाडि बम विष्फोट भएको हो ।
विष्फोट भएको ठाउँमा नेकपा माओवादी क्रान्तिकारी लेखिएको पर्चा भेटिएको प्रहरीले जानकारी दिएको छ । स्थानीयले विष्फोटको आवाज सुनेको खबर गरेपछि आफूहरु तत्काल घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीले बताए । उनले आकाशे पुलमुनि पर्चाहरु भेटिएको जानकारी दिंदै अन्य केही क्षति नभएको र घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।
विष्फोट गरिएको कुकर बमसँगै ‘वैशाख २९ गते नेपाल बन्द गरौं’ भन्ने सन्देश लेखिएको कागज फेला परेको केसीले बताएका छन् । स्थानीय तहको निर्वाचन हुन दुई दिन मात्र बाँकी रहँदा भएको बम विष्फोट भएको हो ।

























