कांग्रेस वडाअध्क्षका उम्मेदवार गुरूङले कुटे माओवादी कार्यकर्ता

1.8K
shares

अजिरकाेट- नेपाली कांग्रेसका वडाअध्क्षका उम्मेदवार ओमबहादुर गुरूङ नेतृत्वको टाेली आक्रमणमा उत्रिएकाे छ । अजिरकाेट गाउँपालिका-१, घ्याच्चाेकमा बुधबारराती कांग्रेसका वडाअध्यक्ष नेतृत्वको टाेलीले नेकपा माओवादी केन्द्रका कार्यकर्तामाथी आक्रमण गरेका हुन् । 

 

वडा न १ का वडाअध्यक्षका उम्मेदवार गुरुङको नेतृत्वमा धनसिरा माध्यमिक विद्यालयका प्रधानाध्यापक तिल बहादुर गुरुङ, दुम्सी भनिने टेक बहादुर गुरुङ, दिप घले, कालिका हाइड्रो पावर प्राली, चनाैटेमा कार्यरत डिलराज गुरुङ, भरत गुरुङ, कांग्रेस निकट महिला संघ नेत्री बुधकुमारी गुरुङ, देवलश्वारा आधारभूत विद्यालयका शिक्षिका रमा गुरुङ र दुम्सिको आमा भनिने कुमारी गुरुङ लगायतकाे टाेलीले साँझ ८ बजेतिर खाना खान लाइरहेको समयमा खुकुरी, ढुङ्गा, चिरपट हातियार प्रयोग गरिआक्रमण गरेका हुन् ।

 

आक्रमणबाट माओवादी केन्द्रका कार्यकर्ता बिष्णु भुजेल र बेल बहादुर गुरुङ गम्भीर घाइते भएका छन् । उनीहरूकाेे जाैवारी स्वास्थ चाैकीमा प्राथमिक उपचारपछि थप उपचारका लागि गोरखा अस्पताल, गमेरखा लगिएको प्रहरीले जनाएकाे छ ।

आक्रमणपछि ती स्थानमा उच्च सुरक्षा तैनाथ गरिएकाे प्रहरीले जनाएको छ ।

civil hospital
Hams Hospitals