काठमाडौं महानगरको मतगणना मध्यराति देखि सुरु हुन सक्ने

2K
shares

काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना अझै सुरु भएको छैन। सामाजिक सञ्जालमा सुरु भएको भन्दै हल्ला फैलिएपनि अझै सुरु हुन सकेको छैन।

आजै रातिबाट सुरु गर्ने भनिए पनि सबै प्रक्रिया पूरा गर्न समय लाग्ने भएको छ।

मतपेटिकाहरु संकलन भइसके पनि सर्वदलीय बैठक बसेको छैन।

मध्यरातसम्म सबै प्रक्रिया पूरा भए राति १/२ बजेबाट गर्ने वा भोलि विहान भएपछिमात्र गर्ने भन्ने टुंगो नलागेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

civil hospital
Hams Hospitals