राप्रपाले काठमाडौंमै मेयरमा जित्यो
वि.सं.२०७९ जेठ ३ मंगलवार
2.5K
shares
shares
काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिकामा राप्रपाले जित हात पारेको छ।
निकटतम प्रतिद्वन्द्वी नेकपा समाजवादीका उमेदवारलाई ७०४ मतको अन्तरले पराजित गर्दै राप्रपा र नापितले काठमाडौंमा नयाँ इतिहास रच्न सफल भएका हुन्।
राप्रपाले ५१८२ मत ल्याउँदा समाजवादीका उमेदवारले ४,४७८ मत ल्याएको छ। ०६२/६३ पछि भएका स्थानीय तहको दुई निर्वाचनमा राप्रपाले काठमाडौंमा पहिलोपटक नगरपालिकाको प्रमुख पदमा विजय प्राप्त गरेको हो।
शंखरापुरमा राप्रपाले तीनवटा वडा समेत जित्न सफल भएको छ। वडा नं.३ मा सूर्य तामाङ, वडा नं.६ मा राधाकृष्ण श्रेष्ठ र वडा नं.७ मा विष्णु कुमार श्रेष्ठले वडा अध्यक्षमा प्यानल सहित जितेका छन्।




























